शीर्षकहरू

हिमालयन लघुवित्तको खुद नाफा ९ करोड १७ लाख, लाभांश क्षमता कति ?

हिमालयन लघुवित्तको खुद नाफा ९ करोड १७ लाख, लाभांश क्षमता कति ?

काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्थाको खुद नाफा उल्लेख्य रुपमा वृद्धि भएको छ । कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण अनुसार खुद नाफामा व्यापक सुधार भएको छ । 

कम्पनीले गत आवमा ९ करोड १७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा कम्पनीले २० लाख घाटा ब्याेहोरेको थियो । खुद ब्याज आम्दानी, फी एण्ड कमिसनबाट हुने आम्दानी र सञ्चालन आम्दानी वृद्ध हुँदा नाफामा सुधार भएको हो । 

कम्पनीले खुद ब्याज आम्दानी ३५ करोड ३० लाख रुपैयाँ आर्जन गरेको छ, जुन अघिल्लो वर्ष २२ करोड २७ लाख रुपैयाँ आम्दानी गरेको थियो । यसैगरी, कमिशन तथा फीबाट हुने आम्दानी २६ करोड ६१ लाखबाट ४० करोड ४५ लाख रुपैयाँमा वृद्धि भएको छ । कुल सञ्चालन आम्दानी ४० करोड ६६ लाख रुपैयाँ रहेको छ । अघिल्लो वर्ष कुल सञ्चालन आम्दानी २६ करोड ६१ लाख रुपैयाँ थियो । 

नाफासँगै कम्पनीले प्रति शेयर आम्दानीमा पनि सुधार गरेको छ । अघिल्लो वर्ष ०.६३ रुपैयाँले ऋणात्मक रहेको प्रति शेयर आम्दानी गत वर्ष २८.७० रुपैयाँ धनात्मक रहेको छ । यसैगरी, खराब कर्जा भने सामान्य वृद्धि भएको छ । अघिल्लो वर्ष ३.४९ प्रतिशत रहेको खराब कर्जा गत वर्ष ५.३३ प्रतिशत पुगेको छ ।

वितरणयोग्य मुनाफा ६ करोड ३१ लाख रुपैयाँ रहेको छ भने प्रति शेयर नेटवर्थ १४८.१६ रुपैयाँ र प्रति शेयर कुल सम्पत्तिको मूल्य १ हजार ७७८.९५ रुपैयाँ रहेको छ ।