शीर्षकहरू

कालिका लघुवित्तको खुद नाफा ३६ प्रतिशतले बढ्यो, वितरणयोग्य मुनाफा ६ करोड बढी

कालिका लघुवित्तको खुद नाफा ३६ प्रतिशतले बढ्यो, वितरणयोग्य मुनाफा ६ करोड बढी

काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्थाको खुद नाफा ३६.३६ प्रतिशतले वृद्ध भएको छ । कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण अनुसार खुद नाफामा उक्त प्रतिशतले सुधार भएको छ । 

कम्पनीले गत आवमा १० करोड ८० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवघिमा कम्पनीको खुद नाफा ७ करोड ९२ लाख रुपैयाँ थियो । खुद ब्याज आम्दानी, फी एण्ड कमिसनबाट हुने आम्दानी र सञ्चालन आम्दानी वृद्ध हुँदा नाफा वृद्धि भएको हो । 

कम्पनीले खुद ब्याज आम्दानी ३८ करोड १० लाख रुपैयाँ आर्जन गरेको छ, जुन अघिल्लो वर्ष २५ करोड ३५ लाख रुपैयाँ आम्दानी गरेको थियो । यसैगरी, कमिशन तथा फीबाट हुने आम्दानी २८ करोड २८ लाखबाट ५२ करोड १ लाख रुपैयाँमा वृद्धि भएको छ । कुल सञ्चालन आम्दानी ४३ करोड ७५ लाख रुपैयाँ रहेको छ । अघिल्लो वर्ष कुल सञ्चालन आम्दानी ३० करोड ५० लाख रुपैयाँ थियो । 

प्रति शेयर आम्दानी २१.२८ रुपैयाँबाट बढेर २६.५१ रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष ३.७९ प्रतिशत रहेको खराब कर्जा गत वर्ष ४.६७ प्रतिशतमा उक्लिएको छ ।

वितरणयोग्य मुनाफा ६ करोड १९ लाख रुपैयाँ रहेको छ भने प्रति शेयर नेटवर्थ १८६.४४ रुपैयाँ र प्रति शेयर कुल सम्पत्तिको मूल्य १ हजार २९८.९३ रुपैयाँ रहेको छ ।