काठमाडौं । नेपाली सुनचाँदी बजारमा बुधबार मुल्यवृद्धि देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९४ हजार ४ सय रुपैयाँ पुगेको छ, जुन अघिल्लो दिनको तुलनामा १ हजार ४०० रुपैयाँले बढी हो।
मङ्गलबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९३ हजार रुपैयाँ थियो। बजार विश्लेषकहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा देखिएको मूल्यवृद्धिको असर नेपाली बजारमा पनि परेको हो।
त्यस्तै, चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। बुधबार चाँदीको मूल्य २ हजार ३१० रुपैयाँ प्रति तोला पुगेको छ, जुन मंगलबारको मूल्य भन्दा १० रुपैयाँले बढी हो।
आर्थिकन्यूज