शीर्षकहरू

१ हजार ४ सय रुपैयाँले बढ्यो सुनको मूल्य

१ हजार ४ सय रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य बढेको छ । बुधबार सुनकाे भाउ तोलामा १ हजार ४ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

महासंघका अनुसार आज छापावाल सुन १ लाख ९४ हजार ४ सयमा कारोबार भइरहेको छ । मंगलबार तोलाको १ लाख ९३ हजार रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि १० रुपैयाँले बढेको छ । आज चाँदी २ हजार ३ सय १० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।