शीर्षकहरू

लिपमोटर बी१० नेपालमा, यस्ता छन् विशेषताहरू

लिपमोटर बी१० नेपालमा, यस्ता छन् विशेषताहरू

काठमाडौं । नेपालमा लिपमोटर गाडीहरूको एकमात्र आधिकारिक आयातकर्ता साङ्ग्रिला मोटर्स प्रालिले लिपमोटर बी१० को स्निक प्रिभ्यू कार्यक्रम आयोजना सम्पन्न गरेको छ । ६७.१ किलोवाट आवर ब्याट्री भएको सो गाडी आज बुधबार स्निक प्रिभ्यू गरिएको हो ।

यो गाडीले एकपटक चार्ज गर्दा ४६० किमीसम्मको रेञ्ज दिन्छ। यसमा जडान गरिएको १६० किलोमीटर रहेको छ । गाडीले पाएको युरोपेली एनसीएपीको ५-स्टार सेफ्टी रेटिङ्गले यात्रुको सुरक्षामा प्राथमिकता दिन्छ। 

स्त्रिक प्रिभ्यू कार्यक्रममा उपस्थित अतिथिहरूले गाडीको आकर्षक डिजाइन, स्मार्ट फिचरहरू र उत्कृष्ट ड्राइभिङ्ग प्रत्यक्ष अनुभव गर्न पाए, जसले नेपाली इभी बजारमा नयाँ स्तर स्थापना गर्ने अपेक्षा कम्पनीले लिएकाे छ। 

गाडीको औपचारिक लन्च तथा प्राईस रिभिल आगामी नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ मा गरिनेछ। गाडीको मूल्य ६० लाखभन्दा कम हुने अनुमान गरिएको छ । साङ्ग्रिला मोटर्स प्रालिका प्रबन्ध निर्देशक हेमन्त गोल्छाले उक्त गाडीले नेपाली ग्राहकको इभीप्रति सोचाइ नै परिवर्तन गर्ने दाबी गरेका छन् ।