शीर्षकहरू

नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा इन्द्रबहादुर बानिया निर्वाचित

नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा इन्द्रबहादुर बानिया निर्वाचित

काठमाडौं ।  नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा इन्द्रबहादुर बानिया निर्वाचित भएका छन् ।  बानियाको पक्षमा २२ र बहादुर सिंह लामाको पक्षमा १४ मत परेको थियो । बुधबार हेटौंडामा भएको निर्वाचनमा एक मत भने बदर भएको छ ।

बागमती प्रदेश सभामा कांग्रेसका ३७ सांसद छन् । संसदीय दलको बहुमत संख्या अर्थात् २२ मतसहित बानिया दलको नेता चुनिएका हुन् ।