शीर्षकहरू

राष्ट्रिय वाणिज्यको डिभेन्चर नेप्सेमा सूचीकृत

राष्ट्रिय वाणिज्यको डिभेन्चर नेप्सेमा सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड र राष्ट्रिय वाणिज्य बैंक लिमिटेड बीच ७ वर्ष अवधि तथा ७ प्रतिशत व्याजदर भएको अंकित तथा चुक्ता मूल्य रु १,००० दरका कुल २५,००,००० कित्ता"7% RBBL Debenture 2088" (RBBD2088) ऋणपत्र सूचीकरण सम्झौता सम्पन्न भयो । 

सम्झौतामा  राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत देवेन्द्र रमण खनाल र नेपाल स्टक एक्सचेञ्ज लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत चुडामणी चापागाईंले आजै हस्ताक्षर गरे ।

उक्त ऋणपत्रको दोस्रो बजारमा साउन १५ गतेबाट कारोवार शुरु हुने बैंकले जनाएको छ ।  सूचीकरण पश्चात् दिनुपर्ने च्त्क् सेवा आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेड, टेकु, काठमाडौंबाट हुनेछ ।