काठमाडौं । माहुली लघुवित्त वित्तीय संस्थाको खुद नाफा २५६ प्रतिशतले वृद्ध भएको छ । कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण अनुसार खुद नाफामा उक्त प्रतिशतले सुधार भएको छ ।
कम्पनीले गत आवमा ११ करोड ४५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा कम्पनीको खुद नाफा ३ करोड २१ लाख रुपैयाँ थियो । खुद ब्याज आम्दानी, फी एण्ड कमिसनबाट हुने आम्दानी र कुल सञ्चालन आम्दानी वृद्ध हुँदा नाफा वृद्धि भएको हो ।
कम्पनीले खुद ब्याज आम्दानी ३६ करोड ७२ लाख रुपैयाँ आर्जन गरेको छ, जुन अघिल्लो वर्ष २५ करोड ६७ लाख रुपैयाँ आम्दानी गरेको थियो । यसैगरी, कमिशन तथा फीबाट हुने आम्दानी ५१ करोड १० लाखबाट ५२ करोड ३९ लाख रुपैयाँमा वृद्धि भएको छ । कुल सञ्चालन आम्दानी ४१ करोड ९६ लाख रुपैयाँ रहेको छ । अघिल्लो वर्ष कुल सञ्चालन आम्दानी ३० करोड ७९ लाख रुपैयाँ थियो ।
प्रति शेयर आम्दानी ३०.९६ रुपैयाँ रहेको छ। अघिल्लो वर्ष ३.९४ प्रतिशत रहेको खराब कर्जा गत वर्ष ४.८० प्रतिशतमा उक्लिएको छ ।
वितरणयोग्य मुनाफा १२ करोड ४१ लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्ष २ करोड ६४ लाख रुपैयाँ थियो । प्रति शेयर नेटवर्थ २१४.३९ रुपैयाँ र प्रति शेयर कुल सम्पत्तिको मूल्य १ हजार १५६.२२ रुपैयाँ रहेको छ ।
आर्थिकन्यूज