काठमाडौं । दि इन्साइट भिजन कलेज र राजधानी क्याम्पसले कक्षा ११/१२ मा नवआगन्तुक विद्यार्थीहरूलाई स्वागत गरेको छ । धुम्बाराही मा रहेको दियो बैंककेटमा आयोजित एक समारोह बिच कलेजले नवआगन्तुक विद्यार्थीहरूलाई स्वागत एवं सम्मान गरेको हो ।
कार्यक्रममा प्रमुख अतिथिका रूपमा श्रीमान् काठमाडौं शिक्षा तथा समन्वय इकाइ प्रमुख समन्तमणि आचार्य, कलेजका प्रिन्सिपल भिम श्रेष्ठ, कलेजका प्रबन्ध निर्देशक हेमन्त श्रेष्ठ लगायत विभिन्न तह महानुभावहरुको उपस्थिति रहेको थियो ।
साथसाथै कार्यक्रममा बिद्यार्थी हरुले विभिन्न सांस्कृतिक प्रस्तुति प्रस्तुत गरेका थिए । सोही कार्यक्रममा कलेजमा भर्ना भएको मध्य विद्यार्थीहरुलाई लकी ड्र कुपन मार्फत विजेताहरु लाई विभिन्न पुरस्कार हरु प्रदान गरिएको थियो।
कार्यक्रमका प्रमूख अतिथि समन्तमणि आचार्यले इन्साईट भिजन कलेजले स्थापनाकाल देखि नै शिक्षा सँगसँगै विद्यार्थीलाई अरु क्षेत्रमा पनि अवल बनाउँदै आएको बताए ।
कलेजले आउँदै दिनमा विद्यार्थीलाई केन्द्रित गर्दै विभिन्न कार्यक्रमहरु आयोजना गर्ने कार्यक्रम संयोजक अन्जेश योञ्जनले जानकारी दिए ।

आर्थिकन्यूज