शीर्षकहरू

'फिफा फर स्कुल' शुभारम्भ, सूर्यविनायकमा ठुलो रंगशाला निर्माण गर्ने प्रधानमन्त्रीको घोषणा

'फिफा फर स्कुल' शुभारम्भ, सूर्यविनायकमा ठुलो रंगशाला निर्माण गर्ने प्रधानमन्त्रीको घोषणा

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले फिफा फर स्कुल अभियानको शुभारम्भ गरेका छन ।

अखिल नेपाल फुटबल संघ (एन्फा) द्वारा दशरथ रंगशालामा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले फिफाको सहयोगमा करिब एक हजार विद्यालयलाई निःशुल्क फुटबल वितरणको शुभारम्भ गरेका हुन ।

प्रधानमन्त्री ओलीले खेल क्षेत्रको विकासमा सरकारले प्राथमिकता दिएको जनाउँदै भक्तपुरको सूर्यविनायकमा नयाँ र ठुलो रंगशाला निर्माणको घोषणासमेत गरेका छन् ।

यो कार्यक्रम एन्फाको समन्वयमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालयको सहकार्यमा कार्यान्वयन हुँदैछ।

देशभरका ७७ वटै जिल्लाका १ हजार ७२ विद्यालयहरूमा ३२ हजार ६४० वटा फुटबल वितरण गरिने योजना रहेको यस कार्यक्रमले विद्यालय शिक्षामा फुटबल समावेश गरी विद्यार्थीहरूको समग्र विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।