काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपिएल) पहिलो संस्करणको आयव्यय विवरण सार्वजनिक गरेको छ।
संघको केन्द्रीय कार्यसमिति बैठकले पहिलो संस्करणमा २७ करोड ६९ लाख ६४ हजार ८१८ रुपैयाँ कुल आम्दानी भएको जनाएको छ । प्रतियोगिता संचालनका लागि कुल २० करोड १५ लाख ७३ हजार ५५९ रुपैयाँ खर्च भएको उल्लेख गरेको छ।
आय-व्ययपछि कुल ७ करोड ५३ लाख ९१ हजार २५९ रुपैयाँ नाफा देखिएको छ । त्यसबाट ८ फ्रेञ्चाइज टोलीहरुलाई ५० प्रतिशत राजस्व बाँडफाँड गरिएको छ । क्यानका अनुसार ८ फ्रेञ्चाइज टोलीहरुलाई ४ करोड ३७ लाख ४० हजार ४७० रुपैयाँ वितरण गरिएको छ । त्यस्तै प्रदेशहरुलाई ७० लाख रुपैयाँ दिइएको छ ।
फ्रेञ्चाइज टोलीहरुलाई राजस्व बाँडफाँडपछि क्यानको नाफा २ करोड ४६ लाख ५० हजार ७८९ रुपैयाँ रहेको छ ।



आर्थिकन्यूज