काठमाडौं । गरिमा समृद्धि योजना र एनएमबि सरल बचत फन्डले प्रतिफल घोषणा गरेका छन् ।
गरिमा समृद्धि फन्डले आफ्ना इकाईधनीहरुलाई गत वर्षको नाफाबाट ५.१० प्रतिशत प्रतिफल (कर सहित) दिने घोषणा गरेको हो । लाभांश प्रयोजनका लागि गरिमाले साउन २७ गते बुक क्लोज गर्ने जनाएको छ । साउन २६ गतेसम्म कायम इकाईधनीले मात्र लाभांश हात पार्न सक्नेछन् ।
यता, एनएमबि सरल बचत फन्ड ५ ले पनि इकाईधनीलाई ४.२७ प्रतिशत प्रतिफल (कर सहित) घोषणा गरेको छ । यसले लाभांश प्रयोजनार्थ साउन १५ गते बुक क्लोज गरेको छ ।
आर्थिकन्यूज