काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले सीडीएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी) द्वारा हालै जारी गरिएको ‘धितोपत्र अभौतिकीकरण कार्यसञ्चालन निर्देशिका २०८२’ मा प्रस्तावित नया“ व्यवस्थालाई अव्यवहारिक, लगानी प्रतिकूल र सेयर बजारमै अनिश्चितता पैदा गराउने ठहर गरेको छ ।
सीडीएससीले अभौतिकीकृत धितोपत्रहरूलाई संस्थापक र सर्वसाधारणलाई फरक आईएसआईएन नम्बर प्रदान गर्ने तथा लकिङ पिरियड पछि संस्थापक सेयर स्वतः सर्वसाधारणमा परिणत नहुने व्यवस्था प्रति गम्भिर ध्यानाकर्षण भएको चेम्बरले उल्लेख गरेको छ । सीडीएससीको निर्देशिका लागू भएमा नेपालको सेयर बजारमा दीर्घकालीन असर पर्ने, लगानीकर्ताको भरोसा कमजोर हुने, र विशेषतः ऊर्जा क्षेत्र, सिमेन्ट, होटल, उत्पादनमुलक उद्योग, मिडिया लगायतका क्षेत्रमा नकारात्मक प्रभाव पर्ने चेम्बरको ठहर छ ।
प्रस्तावित सो व्यवस्था अन्तराष्ट्रिय मान्यता र स्थापित अभ्यास विपरित हुने पनि चेम्बरको ठहर छ ।
चेम्बरद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ, “यो निर्देशिका लगानीकर्ताको हितविरुद्ध जान्छ, र नेपालको परिपक्व नबनेको पु“जी बजारमा यस्ता व्यवस्थाले लगानीको वातावरणमा अन्योलता र असुरक्षा थप्नेछ ।”
विगत केही वर्षदेखि सीडीएससीले सेयरको अभौतिकीकरण प्रक्रिया रोकेको अवस्थामै अहिले निर्देशिका ल्याएर संस्थापक सेयरमा स्वतः रूपान्तरण रोकिने तथा वर्गीकरणमा अलग-अलग आईएसआईएन नम्बरको व्यवस्था गर्ने निर्णयले बजारमा विश्वासको संकट सिर्जना गरेको चेम्बरले जनाएको छ ।
नेपालमा सेयर बजार अझै पनि लगानीमैत्री बन्न सकेको अवस्था छैन । यस्तोमा सीडीएससीजस्तो संस्थाले आफैंले बनाएका पुराना मापदण्ड उल्ट्याउ“दै नया“ व्यवस्था ल्याउ“दा बजारमा नकारात्मक मनोविज्ञान उत्पन्न भएको चेम्बरको भनाइ छ ।
चेम्बरले यो निर्देशिका तत्काल संशोधन गरी व्यावहारिक र लगानीमैत्री खालको व्यवस्था बनाउन सरकार तथा नियामक निकायहरूको गम्भीर ध्यानाकर्षण गराएको छ । अन्यथा, लगानीकर्ताको भरोसा घट्दै जाने, संस्थापक सेयर निष्क्रिय हुने, र बजारमा तरलताको संकट बढ्दै जाने गम्भीर जोखिम रहेको चेम्बरले जनाएको छ ।
नेपालको समग्र पू“जी बजारको विकास, लगानी सुरक्षाको प्रत्याभूति र निजी क्षेत्रको विश्वास कायम राख्न सीडीएससीले ल्याएको निर्देशिकालाई पुनर्विचार गर्न समेत चेम्बरले धितोपत्र बोर्डको ध्यानाकर्षण गराएको छ ।
आर्थिकन्यूज