शीर्षकहरू

टुना थापा र कपिल कसपालको गीत सार्वजनिक

टुना थापा र कपिल कसपालको गीत सार्वजनिक

काठमाडाैं । टुना थापा र कपिल कसपालको गीत सार्वजनिक भएकाे छ । टुना थापाको नेपालकी छोरी र कपिल कसपालको राष्ट्रिय गीत नेपालको छोरो अाज शुक्रबार लोकार्पण भएकाे हाे । यसका साथै कासपायल र थापाकाे युगल गायनमा छमछम पाउजु खनखन चुरा नामक तीज गीत पनि विमाेचन गरिएकाे छ । 

रागरागिनी इन्टरटेन्टमेन्ट प्रालिको आयोजनामा तथा समाजसेवी इ. ध्रुवराज थापाको संयोजनमा पूर्व अर्थमन्त्री तथा बरिष्ठ गीतकार एसपी कोइरालाको प्रमुख आतिथ्यतामा उक्त गीतहरू लोकार्पण गरिएकाे हाे ।कार्यक्रममा संगीतका विशिष्ट व्यक्तित्वहरु दिपक जंगम, दिपक खरेल, सुवाष चन्द्र ढुङ्गेल, भुपेन्द्र रायमाझी लगायत व्यक्तित्वहरुको उपस्थिति रहेको थियो थियो ।

कार्यक्रमको सभापतित्व रागरागिनी इन्टरटेन्टमेन्ट प्रालिका कार्यकारी निर्देशक कसपालले गरेका थिए । समाजसेवी इ. ध्रुव राज थापालाई इन्जिनियरिङ्ग क्षेत्रमा उनले पुर्याएकाे अतुलनिय योगदानको लागि सम्मान पत्रद्वारा सम्मानित गरिएको थियो । गायिका तथा समाजसेवी टुना थापाले आफ्नो गीत रेकडिङ्ग तथा भिडियो निर्माणको अनुभाव सुनाएकी थिइन् ।

सबै गीतमा कपिल कसपाल र टुना थापा स्वयम् गायक तथा गायिकाले अभिनय गरेका छन्। कार्यक्रममा निम्न तीन गीतहरू सार्वजनिक गरिएको छ ।