शीर्षकहरू

सवारी लाइसेन्सको अवधि १० वर्ष

सवारी लाइसेन्सको अवधि १० वर्ष

काठमाडौं । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को अवधि १० वर्षको भएको छ । नेपाल सरकारले केही नेपाल ऐनलाई संसोधन गर्न बनेको ऐन मार्फत सवारी लाइसेन्सको अवधि १० वर्षको बनाएको हो । 

केही नेपाल ऐनलाई संसोधन गर्न बनेको ऐन नेपाल राजपत्रमा प्रकाशित गरिएको छ । उक्त ऐनले सवारी तथा यातायात व्यवस्था ऐनलाई शंसोधन गर्दै लाइसेन्सको अवधि १० वर्षको बनाएको हो । 

यस अघि लाइसेन्सको अवधि ५ वर्षको थियो । अर्थात् लाइसेन्स बनाएको ५ वर्षमा फेरि नवीकरण गर्नुपर्ने हुन्थ्यो । यसैगरी, अब नवीकरण पनि १० वर्षको नै भएको छ । अर्थात् विगतमा नवीकरण गरिएको लाइसेन्स ५ वर्षपछि फेरि नवीकरण गर्नुपर्ने थियो । अब भने नवीकरण पनि १० वर्षका लागि हुने भएको हो ।