शीर्षकहरू

राष्ट्रपति ट्रम्पविरुद्ध अभियोग लगाउने सल्लाहकार स्मिथमाथि छानविन सुरु

राष्ट्रपति ट्रम्पविरुद्ध अभियोग लगाउने सल्लाहकार स्मिथमाथि छानविन सुरु

काठमाडौं । राष्ट्रपति ट्रम्पविरुद्ध अभियोग लगाउन नेतृत्व गरेका पूर्व विशेष सल्लाहकार ज्याक स्मिथमाथि छानविन हुने भएको छ । पदबाट राजीनामा दिएका उनलाई अफिस अफ स्पेसल काउन्सिल (ओसिएस)ले छानबीन अघि बढाउने भएको हो । 

ट्रम्पले कागजातको दुरुपयोग गरेको तथा सन् २०२० को निर्वाचनलाई प्रभावका पार्न खोजेको आरोपमा छानवीन गर्न स्मिथलाई सन् २०२२ मा विशेष सल्लाहकार चयन गरिएको थियो ।

सन् २०२४ को निर्वाचनलाई समेत प्रभावमा पार्न प्रयास गरेको आरोपसहित आरन्कासका रिपब्लिक सिनेटर टम कटनले ओसिएसलाई छानवीन गर्न भने पछि योक्रम सुरु भएको हो । यसअघि राष्ट्रपति ट्रम्पमाथि लगाइएको दुवै आरोप गलत भएको तथा राजनीतिक पूर्वाग्रहका कारण भएको दाबी गर्दै आसिएसले सम्मान गरेको हो।