शीर्षकहरू

नेपालमा एथर रिज्टा सार्वजनिक हुँदै, मूल्य कति ?

नेपालमा एथर रिज्टा सार्वजनिक हुँदै, मूल्य कति ?

काठमाडौं । एथर एनर्जीको नेपालको आधिकारिक वितरक वैद्य इनर्जी प्रालिले एथर रिज्टाको नेपालमा औपचारिक सार्वजनिक घोषणा गरेकाे छ । NAIMA Expo 2025 काे पहिलाे दिन साउन २१ गते एथर रिज्टा पहिलो पटक सार्वजनिक हुनेछ । 

एथर रिज्टाले भारतभर शहरी मोबिलिटीको परिभाषा फेरिदिएको छ उन्नत प्रविधि, उच्च प्रदर्शन, व्यावहारिक डिजाइन र पारिवारिक सुरक्षालाई एकै साथ समेटेर । नेपाली परिवारका लागि विशेष रूपले डिजाइन गरिएको रिज्टा केवल स्कुटर होइन, आधुनिक जीवनशैलीको एक अङ्ग हो। यस अवसरमा वैद्य इनर्जी प्रालिका प्रमुख कार्यकारी अधिकृत सूर्यांश वैद्यका अनुसार रिज्टा केवल स्कुटर होइन, यो स्मार्ट मोबिलिटी समाधान हो जुन हाम्रो धेरैजसो जनसंख्याका लागि उपयुक्त छ।

उनले भने, '४५० सिरिजको सम्पूर्ण प्रविधिलाई सरल र पहुँचयोग्य बनाउँदै ल्याइएको रिटा मार्फत हामी नेपालमा दिगो र स्मार्ट यातायातको क्रान्तिमा नेतृत्वदायी भूमिका खेल्न चाहन्छौं ।' एथर रिज्टा विभिन्न भेरियन्ट र आकर्षक रंगहरूमा उपलब्ध हुनेछ, जसमा शक्तिशाली मोटर, लामो दायरा दिने ब्याट्री, स्मार्ट कनेक्टिभिटी, र थप स्टोरेज जस्ता विशेषताहरू हुनेछन्।

NAIMA मा आगन्तुकहरूले स्कुटरको प्रत्यक्ष अनुभव लिन, जानकारी लिन र बुकिङको अवसर समेत पाउनेछन्। एथर रिटाको आगमनले नेपाली बजारमा एथरको उपस्थिति अझ सशक्त बनाउनेछ र नेपाली परिवारलाई इलेक्ट्रिकमा स्विच गर्न प्रेरित गर्नेछ । 

एथर रिज्तालाई विशेष बनाउने सुविधाहरू

उल्लेखनीय रेन्ज : एकपटक चार्ज गर्दा १५९ किमी सम्म यात्रा लामो यात्रा वा दैनिक उपयोग दुवैका लागि भरपर्दो ।

शक्तिशाली प्रदर्शन  : ४.३ किलोवाट मोटर, छिटो एक्सेलेरेशन र विश्वसनीय टप स्पीड । 

परिवारमैत्री आराम : सेग्मेन्टकै सबैभन्दा लामो सिट यात्राको हरेक पल सहज । 

सुरक्षा केन्द्रित डिजाइन : स्किड कन्ट्रोल, डिस्क ब्रेक, मजबूत चेसिस । 

स्मार्ट कनेक्तिभिटी : ७ इन्चको टचस्क्रिन, गुगल म्याप्स, म्युजिक कन्ट्रोल, कल म्यानेजमेन्ट, इत्ब् अपडेट ।

ब्याट्री सुरक्षा : IP67 रेटेड ब्याट्री र ५ वर्षको वारन्टी । 

व्यावहारिकता : ३४ लिटरको स्टोरेज सेग्मेन्टमै सबैभन्दा धेरै । 

कम्पनीले हालसम्म काठमाडौं, पोखरा, बुटवल र इटहरी मा ८ वटा एक्स्पेरियन्स सेन्टर, बौद्धमा १ टेस्ट राइड जोन, ६ वटा सर्भिस सेन्टर, र २१ वटा फास्ट चार्जिङ ग्रिड स्थापना भइसकेका छन् । एथर रिज्ता सबैभन्दा प्रतीक्षित उत्पादनमध्ये एक रहेको वैद्य इनर्जी प्रालिका प्रमुख कार्यकारी अधिकृत वैद्यले बताए । 

कम्पनीले हाल रिज्टाकाे मूल्य खुलाएकाे छैन । प्रमुख कार्यकारी अधिकृत वैद्यका अनुसार यसकाे मूल्य पनि साउन २१ गते नै सार्वजनिक हुनेछ । 

भारतमा यसको सुरुवाती वर्ष १ लाखभन्दा बढी युनिट बिक्री भइसकेको छ । भारतमा रिज्टाकाे मूल्य एक लाख २० हजार देखि एक लाख ५० हजार भारूसम्म रहेकाे छ ।