काठमाडौं । दरमखोला हाइड्रो इनर्जी लिमिटेडकाे आईपीओ भर्ने आज अन्तिम दिन रहेकाे छ । साउन १५ गतेदेखि निष्काशन गरिएकाे साे आईपीओमा आज साउन १९ गतेसम्म आवेदन दिन सकिने छ ।
कम्पनीले नेपाल धितोपत्र बोर्डबाट जारी पूँजी १ अर्ब ३ करोड ५ लाख रुपैयाँको ३८.३३ प्रतिशत अर्थात ३९ करोड ५० लाख रुपैयाँ बराबरको ३९ लाख ५० हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। जसमध्ये आम सर्वसाधारणका लागि २४ करोड २३ लाख १८ हजार ५०० रुपैयाँ बराबरको २४ लाख २३ हजार १८५ कित्ता शेयर निष्काशन गरेकाे हाे।
साे आईपीओमा न्यूनतम् १० कित्ता र अघिकतम ५० हजार कित्ताका लागि आवेदन दिन सकिने छ । योजना प्रभावित क्षेत्रका बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि कम्पनीले यस अघि नै निष्काशन गरेर बाँडफाँड गरिसकेकाे छ ।
यस आईपीओको विक्री प्रबन्धकको जिम्मेवारी लक्ष्मी सनराइज क्यापिटल लिमिटेडले लिएको छ, जसले आईपीओ निष्काशन, आवेदन संकलन र बाँडफाँडको सम्पूर्ण कार्यको व्यवस्थापन गर्नेछ।
आर्थिकन्यूज