शीर्षकहरू

आशा लघुवित्तको नाफा २४८ प्रतिशतले बढ्यो, वितरणयोग्य मुनाफा १६ करोड बढी

आशा लघुवित्तको नाफा २४८ प्रतिशतले बढ्यो, वितरणयोग्य मुनाफा १६ करोड बढी

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाको खुद ह्वात्तै बढेको छ । कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण अनुसार खुद नाफा उच्च वृद्धि भएको हो। 

कम्पनीले गत आवमा २० करोड ९२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा कम्पनीको खुद नाफा ६ करोड रुपैयाँ थियो । तुलनात्मक रूपमा गत वर्ष खुद नाफा २४८ प्रतिशतले वृद्धि हो ।

खुद ब्याज आम्दानी, फी एण्ड कमिसनबाट हुने आम्दानी र कुल सञ्चालन आम्दानी वृद्ध हुँदा नाफा वृद्धि भएको हो । 

कम्पनीले खुद ब्याज आम्दानी ७३ करोड ८८ लाख रुपैयाँ आर्जन गरेको छ, जुन अघिल्लो वर्ष ४४ करोड ११ लाख रुपैयाँ आम्दानी गरेको थियो । यसैगरी, कमिशन तथा फीबाट हुने आम्दानी १० करोड ३१ लाखबाट ११ करोड ३२ लाख रुपैयाँमा वृद्धि भएको छ । कुल सञ्चालन आम्दानी ८९ करोड २० लाख रुपैयाँ रहेको छ । अघिल्लो वर्ष कुल सञ्चालन आम्दानी ५९ करोड ४४ लाख रुपैयाँ थियो । 

प्रति शेयर आम्दानी ९.३७ रुपैयाँबाट २८.५५ रुपैयाँमा वृद्धि भएको छ । अघिल्लो वर्ष ४.८१ प्रतिशत रहेको खराब कर्जा गत वर्ष ४.४८ प्रतिशतमा झरेको छ ।

अघिल्लो वर्ष १४ करोड ५१ लाख रुपैयाँ रहेको वितरणयोग्य मुनाफा गत वर्ष १६ करोड ३६ लाख रुपैयाँ पुगेको छ । प्रति शेयर नेटवर्थ १७२.९० रुपैयाँ र प्रति शेयर कुल सम्पत्तिको मूल्य १ हजार ५२२.४२ रुपैयाँ रहेको छ ।