काठमाडौं। । अष्ट्रेलियामा हुने टप एन्ड टी-२० सिरिजको लागि नेपाली राष्ट्रिय क्रिकेट टोली घोषणा गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार रोहितकुमार पौडेलको कप्तानीमा १६ सदस्यीय नेपाली टोली घोषणा गरिएको हो । टप एन्ड टी-२० सिरिज आगामी अगस्ट १४ देखि २४ सम्म अष्ट्रेलियाको डार्बिनमा हुँदैछ ।
नेपालले यस वर्षको अक्टोबरमा ओमानमा हुने आइसिसी पुरुष टी-२० विश्वकपको एसिया तथा पूर्वी एसिया–प्रशान्त क्षेत्रको संयुक्त छनोट प्रतियोगिताको तयारीका लागि अष्ट्रेलिया भ्रमण गर्न लागेको हो।
प्रतियोगितामा नेपालले पहिलो खेल अगस्ट १५ मा नर्दर्न टेरिटोरी स्ट्राइकरसँग खेल्नेछ । त्यसपछि नेपालले बंगलादेश ‘ए’ १६ अगस्टमा, मेलबर्न स्टार्स १८ अगस्टमा, होबर्ट हुरिकेन्स १९ अगस्टमा, २० मा मेलबर्नसँग २० अगस्ट र पाकिस्तान साहिन्सासँग २२ अगस्टमा खेल्नेछ ।
नेपालले अष्ट्रेलियामा सिरिज खेलेपछि सेप्टेम्बरमा युएईमा वेस्ट इन्डिजसँग तीन खेलको टी-२० सिरिज खेल्दैछ । नेपालले सहभागिता जनाउने ट्वान्टी-२० विश्वकप एसिया र इस्ट एसिया प्यासिफिक छनोट अक्टोबरमा ओमानमा हुँदैछ ।
नेपाली टोली
रोहितकुमार पौडेल( कप्तान), सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ शेख, दीपेन्द्रसिंह ऐरी (उपकप्तान), गुल्शनकुमार झा, भीम सार्की, कुशल मल्ल, रुपेशकुमार सिंह, आरिफ शेख, सोमपाल कामी, करण केसी, नन्दनकुमार यादव, लोकेश बम, रिजन ढकाल, ललितनारायण राजवंशी,

आर्थिकन्यूज