शीर्षकहरू

एशियन लाइफको हकप्रदका लागि आवेदन दिने आज अन्तिम दिन

एशियन लाइफको हकप्रदका लागि आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीको हकप्रदका लागि आवेदन दिने आज (साउन २० गते) अन्तिम दिन रहेको छ । असार २५ गतेदेखि बिक्री खुला भएको हकप्रदका लागि आवेदन दिने आज अन्तिम दिन हाे ।

कम्पनीले हाल कायम चुक्ता पूँजीको ४२ प्रतिशत अर्थात् १ करोड ४२ लाख ७९ हजार ३१२.४८ कित्ता हकप्रद शेयर निष्काशन गरेको हो। प्रतिशेयर मूल्य १०० रुपैयाँ रहेकाे छ।

हकप्रद प्रयोजनार्थ कम्पनीले जेठ १६ गते बुकक्लोज गरेको थियो। जेठ १५ गते सार्वजनिक विदा परेकाले जेठ १४ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले सो हकप्रद शेयरका लागि आवेदन दिन सक्नेछन्। 

हाल कम्पनीको चुक्ता पूँजी ३ अर्ब ३९ करोड ९८ लाख ३६ हजार ३०७ रुपैयाँ रहेको छ। हकप्रद निष्काशन पश्चात १ अर्ब ४२ करोड ७९ लाख ३१ हजार २४८ रुपैयाँ पूँजी थपिन्छ । अर्थात् चुक्ता पूँजी ४ अर्ब ८२ करोड ७७ लाख ६७ हजार ५५५ रुपैयाँ पुग्नेछ।

यसका साथै कम्पनीले अघिल्लाे आर्थिक वर्षको मुनाफाबाट ५.१० प्रतिशत बोनस शेयर वितरण गरेको छ । बाेनस शेयर वापत १७ कराेड ३३ लाख ९१ हजार रूपैयाँ पूँजी थपिने छ । यस अवस्थामा कम्पनीकाे पूँजी ५ अर्ब ११  लाख रूपैयाँ पुग्नेछ । 

नियामक निकाय नेपाल बीमा प्राधिकरणले जीवन बीमा कम्पनीको हकमा ५ अर्ब चुक्ता पूँजी पुर्याउनु पर्ने बाध्यकारी व्यवस्था गरेको थियाे । यस व्यवस्थासँगै कम्पनीले हकप्रदबाट प्रयास गरेको हो ।