शीर्षकहरू

माछापुच्छ्रे बैंकको खुद नाफा ९२ प्रतिशतले बढ्यो, वितरणयोग्य मुनाफा अर्ब बढी

माछापुच्छ्रे बैंकको खुद नाफा ९२ प्रतिशतले बढ्यो, वितरणयोग्य मुनाफा अर्ब बढी

काठमाडौं । माछापुच्छ्रे बैंकको खुद नाफ ह्वात्तै बढेको छ । कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण अनुसार खुद नाफा उच्च वृद्धि भएको हो। 

कम्पनीले गत आवमा २ अर्ब १ करोड १४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा कम्पनीको खुद नाफा १ अर्ब ४ करोड ५१ लाख रुपैयाँ थियो । तुलनात्मक रूपमा गत वर्ष खुद नाफा ९२.४६ प्रतिशतले वृद्धि हो ।

खुद ब्याज आम्दानी, फी एण्ड कमिसनबाट हुने आम्दानी र कुल सञ्चालन आम्दानी वृद्ध हुँदा नाफा वृद्धि भएको हो । 

कम्पनीले खुद ब्याज आम्दानी ५ अर्ब ७५ करोड ६७ लाख रुपैयाँ आर्जन गरेको छ, जुन अघिल्लो वर्ष ४ अर्ब ९८ करोड ८१ लाख रुपैयाँ आम्दानी गरेको थियो । यसैगरी, कमिशन तथा फीबाट हुने आम्दानी १ अर्ब ८ करोड ७६ लाखबाट १ अर्ब २८ करोड ५१ लाख रुपैयाँमा वृद्धि भएको छ । कुल सञ्चालन आम्दानी ७ अर्ब ८ करोड ६९ लाख रुपैयाँ रहेको छ । अघिल्लो वर्ष कुल सञ्चालन आम्दानी ४ अर्ब ९८ करोड ७९ लाख रुपैयाँ थियो । 

प्रति शेयर आम्दानी ८.९९ रुपैयाँबाट १७.३१ रुपैयाँमा वृद्धि भएको छ । अघिल्लो वर्ष ३.८६ प्रतिशत रहेको खराब कर्जा गत वर्ष ३.८३ प्रतिशतमा झरेको छ ।

वितरणयोग्य मुनाफा १ अर्ब ७ करोड २९ लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्ष ३५ करोड ९८ लाख रुपैयाँले ऋणात्मक थियो। प्रति शेयर नेटवर्थ १६३.३८ रुपैयाँ र तरलता अनुपात ३१.१८ प्रतिशत रहेको छ । 

null