शीर्षकहरू

तेह्रथुम पावरको अवितरित हकप्रद शेयर लिलाम बिक्रीमा

तेह्रथुम पावरको अवितरित हकप्रद शेयर लिलाम बिक्रीमा

काठमाडौं । तेह्रथुम पावर कम्पनी लिमिटेडले अवितरित हकप्रद शेयर लिलाम मार्फत बिक्री गर्ने भएको छ । कम्पनीले ४ लाख १८ हजार ७३८ कित्ता अवितरित हकप्रद शेयर लिलाम बढाबढ गरी बिक्री गर्न लागेको हो । 

कम्पनीले गत असार १६ गतेदेखि साउन ११ गतेसम्म ४० लाख कित्ता हकप्रद शेयर बिक्री खुला गरेको थियो । सो अवधिसम्म आवेदन नपरेको उक्त कित्ता शेयर लिलाम बिक्री गर्न लागेको कम्पनीले जनाएको छ । जसका लागि साउन २७ देखि भदौ ३ गतेसम्म बोलपत्र पेश गर्न सकिने छ । 

नबिल इन्भेस्टमेन्ट बैंकिङ्ग लिमिटेड, नक्साल काठमाडौं। नबिल बैंक विराटनगर, बिर्तामोड, वीरगञ्ज, हेटौडा, जावलाखेल, सूर्यविनायक, पोखरा, बुटवल, नेपालगञ्ज, सुर्खेत र धनगढी शाखामा बोलपत्र पेश गर्न सकिने छ । बोलपत्र पेश गर्दा खरिद गर्न चाहेको कित्ता र प्रति कित्ता मूल्य उल्लेख गर्नुपर्ने छ । न्यूनतम् १०० कित्ता र अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन पेश गर्न सकिने छ ।