शीर्षकहरू

१८० प्रतिशतले बढ्यो गणपति लघुवित्तको खुद नाफा

१८० प्रतिशतले बढ्यो गणपति लघुवित्तको खुद नाफा

काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्थाको खुद ह्वात्तै बढेको छ । कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण अनुसार खुद नाफा उच्च वृद्धि भएको हो। 

कम्पनीले गत आवमा ४ करोड २५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा कम्पनीको खुद नाफा १ करोड ५२ लाख रुपैयाँ थियो । तुलनात्मक रूपमा गत वर्ष खुद नाफा १७९.६६ प्रतिशतले वृद्धि हो ।

खुद ब्याज आम्दानी, फी एण्ड कमिसनबाट हुने आम्दानी र कुल सञ्चालन आम्दानी वृद्ध हुँदा नाफा वृद्धि भएको हो । 

कम्पनीले खुद ब्याज आम्दानी १७ करोड २७ लाख रुपैयाँ आर्जन गरेको छ, जुन अघिल्लो वर्ष १२ करोड १९ लाख रुपैयाँ आम्दानी गरेको थियो । यसैगरी, कमिशन तथा फीबाट हुने आम्दानी ६ करोड २६ लाखबाट ८ करोड ४१ लाख रुपैयाँमा वृद्धि भएको छ । कुल सञ्चालन आम्दानी १८ करोड २१ लाख रुपैयाँ रहेको छ । अघिल्लो वर्ष कुल सञ्चालन आम्दानी १२ करोड ८० लाख रुपैयाँ थियो । 

प्रति शेयर आम्दानी १०.०३ रुपैयाँबाट २८.०४ रुपैयाँमा वृद्धि भएको छ । अघिल्लो वर्ष ५.८४ प्रतिशत रहेको खराब कर्जा गत वर्ष ४.५१ प्रतिशतमा झरेको छ ।

वितरणयोग्य मुनाफा गत वर्ष २ करोड ६४ लाख रुपैयाँ पुगेको छ । प्रति शेयर नेटवर्थ १७७.४५ रुपैयाँ र प्रति शेयर कुल सम्पत्तिको मूल्य १ हजार ७६०.३६ रुपैयाँ रहेको छ ।