काठमाडौं । भदौ ३ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु हुन गइरहेको नाडा अटो शो २०२५ मा उड्ने कार पनि देख्न पाइने भएको छ । भदौ ८ गतेसम्म चल्ने उक्त शोमा दिपल ब्राण्डको उड्ने कार देख्न पाइने भएको हो ।
नाडा अटोमोबाईल्स एशोसिएशन अफ नेपालले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नाडा अटाे शोको बारेमा जानकारी दिइँदै उड्ने कार पनि प्रदर्शनीमा रहने जानाएको हो । दिपल चिनिया विद्युतीय कार उत्पादक कम्पनी चाङगन अटोमोबाईलको प्रोडक्ट हो । सोही कम्पनीले उत्पादन गरेको फ्लाईङ् कार अटो शोमा प्रदर्शन हुनेछ ।
यस्तै अटो शोकोबारेमा जानकारी दिइँदै नाडाका अध्यक्ष करण चौधरीले नाडाको पर्यावाची शब्द नै अटो शो भएको उल्लेख गरे । उनले भने, 'नाडाको पर्याबाची शब्द नै अटो शो हो । अर्थात् अटो शो भनेकै नाडा हो ।’
उनले यस वर्षको नाडा अटो शो भव्य हुने पनि दाबी गरे । विगतका वर्षहरुको तुलनामा अटो शोको स्पेश पनि धेरै रहेको उनको भनाई थियो । उनका अनुसार कुल ३ लाख वर्ग फुट क्षेत्रफल रहने छ । जसमध्ये शाे मात्रै १ लाख ६५ हजार वर्ग फुटमा हुनेछ ।
नाडा अटो शो केवल प्रदर्शनी मात्र नभई, नेपालको दिगो, स्मार्ट र भविष्यमुखी मोबिलिटीको प्रतिबिम्ब रहेको आयोजकको उनले जनाए । ‘गो फर मोर’ भन्ने नारासहित आयोजना हुने यस वर्षको नाडा अटो शोले नवीनतम प्रविधि, ग्राहक संलग्नता र अटो क्षेत्रको सम्पूर्ण पारिस्थितिकी तन्त्रलाई एकै छानामुनि ल्याउने आयोजकको भनाई छ ।
उक्त शाेमा विभिन्न ३४ वटा ब्राण्डहरु सहभागी हुने जनाइएको छ । चार पाङ्गेका १८ वटा ब्राण्ड, दुई पाङ्गेका ५ वटा ब्राण्ड, लाइट कमर्शियल भेहिकलमा १३ वटा गरी कुल ३४ ब्राण्ड सहभागी हुने नाडाले जनाएको छ । यसैगरी, ४० ब्राण्डका अटो कम्पोनेन्टहरू सहमागी हुने छन् ।
नडाका अनुसार यस संस्करणको टाइटल स्पोन्सर MAW Group of Companies रहनेछ । नाडा अटो शो वि.सं. २०५५ देखि सुरु भएको हो । यस अवधिसम्म आई पुग्दा नेपाली अटो उद्योगको प्रमुख प्रदर्शनी बनेको नाडाको दाबी छ ।
सहभागी ब्रान्डहरू
चार पाङग्रेः
DEEPAL, AVATR, DONGFENG NAMMI, SERES, TATA, SUZUKI, TESLA, AION, XPENG, RIDDARA, SKY WELL, BYD, FOTON, BAW BRUMBY, JY AIR, BLAVAL, LS Auto, JINPENG.
दुई पाङग्रेः
Hero, Royal Enfield, Zonson, Yamaha, Hardly Deviation
लाइट कमर्शियल भेहिकलः
NEW GONOW, DFSK, DONGFENG, KAMA, FOTON, SOKON, CG KYC/ KINGLONG, Montra, Skyworth, KAINIU, KAWEI/ NAVECO, SUNLONG
अटो कम्पोनेन्टहरूः
Asian, GULF, Duckhams, ATS ELGI/ELGI, MAFRA, MAXSHINE, WAVEX/ Kuruma, Massimo Nepal, Michelin, Liqui Moly, STC RIDE/ ENERGY, CEAT Tyre, JK/ Good Tyre, Spicer, Vulcan, ITR/ATF/USB/HOBE, CYG, KPI & Kohinoor, Manatec, Electric Vehicle Charger, TATA Green, Total Energies, STUDDS/ SMK, Microbiz, Horizon fct, MAK, PLO आदि ।
आर्थिकन्यूज