काठमाडौं । बागमती प्रदेशमा इन्द्रबहादुर बानिया मुख्यमन्त्री नियुक्त भएका छन् । प्रदेश सभाको दोस्रो कार्यकालमा बानियाले तेस्रो मुख्यमन्त्रीका रूपमा जिम्मेवारी सम्हालेका हुन् । यसअघि शालिकराम जम्कट्टेल र बहादुर सिंह लामा प्रदेश सभाको यही कार्यकालमा मुख्यमन्त्री भएका थिए ।
बानियाले नेपाली कांग्रेस संसदीय दलका तत्कालीन नेता बहादुर सिंह लामाविरुद्ध अविश्वास प्रस्ताव पारित गराएपछि मुख्यमन्त्रीमा दाबी गरेका थिए । संसदीय दलको नेता परिवर्तनपछि बानियाले पार्टीको नेतृत्व र सत्ता साझेदार दल नेकपा एमालेसमेतको सहयोगमा बानिया मुख्यमन्त्री बन्न सफल भए ।
बानियाले एमालेका २७ र कांग्रेसका ३७ गरी ६४ सांसदको समर्थनमा सोमबार नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिमको सरकार गठनका लागि प्रदेश प्रमुखसमक्ष दावी पेस गरेका हुन् ।
बानिया लामो समयदेखि बागमती प्रदेशको राजनीतिमा सक्रिय छन् र संगठनात्मक तथा प्रशासनिक अनुभवसमेत भएका नेताको रूपमा चिनिन्छन्। शपथपछि अब बानिया नेतृत्वको नयाँ सरकारले मन्त्रिपरिषद् विस्तार र नीति तथा कार्यक्रमलाई प्राथमिकतामा राख्ने अपेक्षा गरिएको छ।
आर्थिकन्यूज