शीर्षकहरू

पब्लिक यूथ क्याम्पसमा इन्टरप्रेनरशीप मीट एण्ड यूथ फेस्टिवल हुने

पब्लिक यूथ क्याम्पसमा इन्टरप्रेनरशीप मीट एण्ड यूथ फेस्टिवल हुने

काठमाडौं । पब्लिक यूथ क्याम्पसको विविएम तहमा अध्ययनरत विद्यार्थीहरुलाई इन्टरप्रेनरशीप मीट एण्ड यूथ फेस्टिवल, २०२५ (भर्सन १.०) को आयोजन हुने भएको छ ।

समय सापेक्ष व्यवस्थापन शिक्षा प्रदान गर्ने उद्देश्यले विषयगत पाठ्यक्रमसंग सम्बन्धित क्रियाकलापलाई प्रोत्साहन हुने गरी सातौं सेमेस्टरका विद्यार्थीहरुको अगुवाइ तथा व्यवस्थापनमा आयोजना गरिएको हो । श्रावण २३ गते शुक्रबारका दिन क्याम्पस परिसरमा आयोजना गरिने मेलामा स्थानीय परिकार सहित व्यवसायिक स्टलहरु समेत गरी करिब ३० वटा विद्यार्थीहरुको स्टल रहने आयोजकले जनाएका छ । 

सांगितिक महोत्सब, इ–स्पोर्टस् प्रतियोगिताको पनि आयोजना गरिनेछ । कार्यक्रममा स्वरोजगार, स्टार्टअप व्यवसाय प्रबद्र्धन लगायत पूँजी परिचालन र श्रोत व्यवस्थापन सम्बन्धी विषय विज्ञसंग समूहगत छलफल समेत गरिने छ ।  

बढ्दो मानवीय पूँजीको पलायनलाई रोकी देशमा नै स्वरोजगारको वातावरण तयार गर्न तथा व्यवसायिक शिक्षाको प्रबद्र्धन गर्न समेत यस कार्यक्रमबाट सहयोग पुग्नेमा क्याम्पस विश्वस्त रहेको छ ।