शीर्षकहरू

केयीलेको ‘बबाल अफर’, एक्स थ्री प्रो ईभीमा अविश्वसनीय नगद छुट

केयीलेको ‘बबाल अफर’, एक्स थ्री प्रो ईभीमा अविश्वसनीय नगद छुट

काठमाडौं । नेपालका लागि केयी इलेक्ट्रिक गाडीको आधिकारिक वितरक जीओ अटोमोबाइल्स प्रालि र लक्ष्मी ई(मोबिलिटीले केयी ‘बाबल अफर’ को घोषणा गरेको छ। यो सीमित समयको प्रमोसनले केयी एक्स थ्री प्रो ईभी मा आकर्षक डिलहरू ल्याएको छ।

कम्पनीको अफरले ठूलो छुट र रोमाञ्चक फाइदाहरू पुग्ने जनाएको छ। यस सीमित(अवधि अफर अन्तर्गत,  केयी एक्स थ्री प्रो ईभीको मूल सुरुवात मूल्य रु ४८.९६ लाख भन्दा कम, रु ३९.९६ लाख को अतुलनीय मूल्यमा उपलब्ध हुने कम्पनीले जारी .गरेको विज्ञप्तिमा उल्लेख छ। यसका साथै ग्राहकले स्पेयर टायर, ७.३ किलोवाट चार्जर, ६ वर्षको सर्भिस र ८ वर्षको वारेन्टी पनि पाउनेछन्। यो ठूलो छुट र अफरले एक्स थ्री प्रो ईभ लाई यस सेगमेन्टमा सबैभन्दा राम्रो मूल्यको इलेक्ट्रिक एसयूभी बनाएको छ।

यो विशेष मूल्य नाईमा नेपाल मोबिलिटी एक्स्पो २०२५ को समयमा मात्र सीमित अवधिका लागि उपलब्ध छ। काठमाण्डौको भृकुटीमण्डपस्थित हल ए मा रहेको केयीको स्टल नम्बर ए २ को दायाँपट्टिको पहिलो स्टलमा गएर एक्स थ्री प्रो ईभीको अनुभव लिन सकिने छ । 

 यस सेगमेन्टमा सबैभन्दा उत्कृष्ट मूल्यको एसयूभी हुने कम्पनीको दावी छ । १२०र९९ किलोवाट मोटर, उन्नत सुविधाहरू सहितको स्लिक, प्रिमियम डिजाइन, लक्जरी र फराकिलो इन्टेरियर रहेको छ । त्यस्तै, उत्कृष्ट ड्राइभिङ कम्फर्ट, सुरक्षित, ध्यान भंग नहुने गरी ड्राइभिङका लागि फिजिकल बटन, १८३ मिलिमिटर ग्राउन्ड क्लियरेन्स, प्यानोरामिक मूनरुफ, अटो होल्ड सुविधा रहेको छ । त्यस्तै, लिथियम आइरन फस्फेट ब्याट्री, ७.३ किलोवाट चार्जर र स्पेयर ह्वील, स्पेयर पार्ट्स किफायती छन् । 

केयी एक्स थ्री प्रो ‘बाबल अफर’ नाईमा नेपाल मोबिलिटी एक्स्पो २०२५ मा भृकुटीमण्डपको हल ए मा रहेको केयीको स्टल नम्बर ए२ (प्रवेश गर्ने बित्तिकै पहिलो स्टल) र देशभरका प्रमुख सहरहरू जस्तै नक्साल, थापाथली, बिर्तामोड, नेपालगन्ज, धनगढी, दाङ, भैरहवा, हेटौंडा, भरतपुर, पोखरा, विराटनगर, र वीरगन्ज मा रहेका आधिकारिक केयी शोरूमहरू मा उपलब्ध हुनेछ।