शीर्षकहरू

स्वाभिमान लघुवित्तको खुद नाफा घट्यो, वितरणयोग्य मुनाफा ६ करोड बढी

स्वाभिमान लघुवित्तको खुद नाफा घट्यो, वितरणयोग्य मुनाफा ६ करोड बढी

काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्थाको खुद नाफा घटेको छ । कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण अनुसार खुद नाफामा गिरावट देखिएको हो । 

कम्पनीले गत आवमा ७ करोड २३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा कम्पनीको खुद नाफा ७ करोड ८७ लाख रुपैयाँ थियो । तुलनात्मक रूपमा गत वर्ष खुद नाफा ८.१७ प्रतिशतले घटेको हो ।

खुद ब्याज आम्दानी, फी एण्ड कमिसनबाट हुने आम्दानी र कुल सञ्चालन आम्दानी वृद्धि भए पनि खुद नाफामा भने गिरावट आएको हो । कम्पनीले खुद ब्याज आम्दानी २० करोड ५० लाख रुपैयाँ आर्जन गरेको छ, जुन अघिल्लो वर्ष ११ करोड रुपैयाँ आम्दानी गरेको थियो । यसैगरी, कमिशन तथा फीबाट हुने आम्दानी २ करोड ५३ लाखबाट ३ करोड ५ लाख रुपैयाँमा उक्लिएको छ । कुल सञ्चालन आम्दानी २३ करोड ५८ लाख रुपैयाँ रहेको छ । अघिल्लो वर्ष कुल सञ्चालन आम्दानी १३ करोड ५५ लाख रुपैयाँ थियो । 

प्रति शेयर आम्दानी ५.१५ रुपैयाँबाट ४७.१५ रुपैयाँमा उक्लिएको छ । अघिल्लो वर्ष ७.३५ प्रतिशत रहेको खराब कर्जा गत वर्ष ४.२० प्रतिशतमा झरेको छ ।

वितरणयोग्य मुनाफा ६ करोड ३ लाख रुपैयाँ छ । प्रति शेयर नेटवर्थ १८७.२७ रुपैयाँ र प्रति शेयर कुल सम्पत्तिको मूल्य २ हजार ३४.९० रुपैयाँ रहेको छ ।