शीर्षकहरू

स्वस्तिक लघुवित्तको आईपीओ साउन ३० देखि

स्वस्तिक लघुवित्तको आईपीओ साउन ३० देखि

काठमाण्डौं । स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडले आम सर्वसाधारणका लागि साउन ३० गतेदेखि आईपीओ निष्कासन गर्ने भएकाे छ । कम्पनीले आम सर्वसाधारणका लागि १ लाख ९५ हजार १९५ कित्ता शेयर निष्काशन गर्न लागेकाे हाे । 

साे आईपीओमा भदाै ३ गतेसम्म न्यूनतम् १० र अघिकतम ५ हजार कित्ताका लागि आवेदन दिन सकिने छ । कम्पनीले वैदेशिक राेजगारीमा रहेका नेपालीहरूका लागि यस अघि नै शेयर निष्काशन गरेर बाँडफाँड गरिसकेकाे छ । 

गत असार ५ गते कम्पनीले नेपाल धितोपत्र बोर्डबाट आईपीओ निष्कासनकाे अनुमति पाएकाे थियाे । कम्पनीले हाल जारी पूँजी ५ कराेड ७७ लाख ५० हजार रूपैयाँकाे ४० प्रतिशत अर्थात् २ करोड ३१ लाख रुपैयाँ बराबरको प्रति शेयर १०० रुपैयाँ अंकित दरका २ लाख ३१ हजार कित्ता साधारण शेयर निष्कासन गर्न अनुमति पाएको थियो ।

कुल २ लाख ३१ हजार कित्ता मध्ये  ०.५० प्रतिशतले हुन आउने १ हजार १५५ कित्ता सेयर कर्मचारीहरुलाई ५ प्रतिशतले हुन आउने ११ हजार ५५० कित्ता शेयर सामूहिक लगानी कोषको लागि छुट्याइएकाे छ । १० प्रतिशतले हुन आउने २३ हजार १०० कित्ता शेयर विदेशमा रोजगारी गरिरहेका नेपालीहरुका लागि कम्पनीले निष्काशन गरेकाे थियाे ।

धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालय तथा मेरो सेयर अनलाइनबाट समेत आवेदन दिन सकिने छ । आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ ।