शीर्षकहरू

सिजन मै सुस्तायो शेयर बजार, लगातार आठौ दिनसम्म घट्यो कारोबार

सिजन मै सुस्तायो शेयर बजार, लगातार आठौ दिनसम्म घट्यो कारोबार

काठमाडौं । सामान्य तया साउन र भदौको महिनालाई शेयर बजारको सिजनको रुपमा लिने गरिन्छ । विगतका तथ्यांकहरु हेर्ने हो भने यो समयमा शेयर कारोबार उच्च हुने गरेको छ । साथै शेयर बजारका सूचकहरु पनि अन्य समयको भन्दा सकारात्मक रहने गरेका छन्।

तर, यो बर्ष भने जम्माजम्मी दुई साता मात्र शेयर बजारमा रौनक देखापर्यो । चालु आवको मौद्रिक नीति सार्वजनिक भए यताका दुई साता शेयर बजारमा सुधारका साथै उच्च कारोबार भएको थियो । तर, पछिल्ला केही दिन यता भने दैनिक कारोबारमा गिरावट आउन थालेको छ । बजारमा पछिल्लो ८ कारोबार दिनदेखि कारोबार रकम निरन्तर घट्दो क्रममा रहेको छ ।

बुधबार नेप्से परिसूचक सामान्य अंक बढेर बन्द भएको छ । यस दिन नेप्से परिसूचक १.९४ अंक घटेर २८३२.०६ विन्दुमा पुगेको छ । नेप्सेसँगै यसपदन कारोबार रकम भने घटेको छ । मंगलबार ९ अर्ब ३३ करोडको शेयर खरिदबिक्री भएको बजारमा बुधबारमा ७ अर्ब ६३ करोड १३ लाख ७५ हजार रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ।

१३ उपसमूहमध्ये यस दिन ५ उपसमूहको परिसूचक बढेको छ भने ८ उपसमूहको परिसूचक घटेको छ । यस दिन लघुवित्त उपसमूहको परिसूचक सर्वाधिक १.३४ प्रतिशत बढेको छ ।

यस दिन ३ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन विन नेपाल लघुवित्त वित्तीय संस्था, महुली लघुवित्त वित्तीय संस्था र ट्रेड टावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यस्तै, यस दिन समाज लघुवित्त र स्वाभिमान लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य करिब ८ प्रतिशत बढेको छ ।

कारोबार रकमका आधारमा यस दिन ङादी ग्रुप पावर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन २९ करोड ४५ लाख रुपैयाँबराबरको शेयर किनबेच भएको छ। त्यस्तै, यस दिन हिमालयन रि इन्स्योरेन्सको २८ करोडभन्दा बढीको शेयर कारोबार भएको छ भने शिवम् सिमेन्ट्सको कारोबार रकम २४ करोड रुपैयाँ नाघेको छ।

null