काठमाडौं । सिप्रवी सेक्युरिटिजका महाप्रबन्धक जयन्त श्रीवास्तव पक्राउ परेका छन् । ब्रोकर नम्बर २२ का शेयर ब्रोकर श्रीवास्तव विरुद्ध ११ करोड ५५ लाख ठगी गरेको आरोपमा प्रहरीमा उजुरी परेको थियो। उजुरी परेपछि बुधबार उनी आफै जिल्ला प्रहरी परिसर काठमाडौंमा उपस्थित भएका थिए ।
प्रहरी कार्यालयमा नै उपस्थित भएका श्रीवास्तवलाई प्रहरीले नियन्त्रणमा लिएकाे हो। अनुसन्धानका लागि उनलाई तीन दिनको म्याद थप गरिएको छ । शेयर कारोबारको रकम फिर्ता नगरेको भन्दै उनी लगायतका चार जना विरुद्ध उजुरी परेको थियो ।
आर्थिकन्यूज