शीर्षकहरू

महिन्द्राको नयाँ कम्प्याक्ट एक्सयुभी थ्रि-एक्सओ सार्वजनिक, मूल्य कति ?

महिन्द्राको नयाँ कम्प्याक्ट एक्सयुभी थ्रि-एक्सओ सार्वजनिक, मूल्य कति ?

काठमाडौँ । महिन्द्राको नयाँ कम्प्याक्ट एक्सयुभी थ्रि एक्सओ (XUV 3XO) सार्वजनिक भएको छ । महिन्द्रा एन्ड महिन्द्रा लिमिटेडले आज साउन २१ गते बुधबार नाइमा नेपाल मोबिलिटि एक्सपोको अवसरमा नेपाली बजारको लागि उक्त गाडी सार्वजनिक गरेको हो ।

जसमा आकर्षक तथा अलग डिजाइन, अत्याधुनिक प्रविधि, उच्चस्तरको ('स्पिरिटेड) परफर्मेन्स, र विश्वस्तरीय सुरक्षाको संयोजनको रुपमा आएको 'सेगमेन्ट डिसरप्टर', XUV 3XO ले कम्प्याक्ट एसयुभिको सेग्मेन्टमा नयाँ मापदण्ड तथा परिभाषा बनाएको छ | XUV 3XO का यी सुविधा र विशेषताले गर्दा यसले आफ्नो 'Everything You Want And More' (तपाईंले चाहेको सबै र अझै धेरै ) भन्ने स्लोगनलाई साँच्चिकै प्रतिनिधित्व गर्दछ ।

XUV 3XO नेपालमा पाँचवटा पेट्रोल भेरियन्टमा उपलब्ध हुनेछ जसको मूल्य ४४.९० लाख देखि सुरु हुनेछ । सम्पूर्ण भेरियन्टको लागि बुकिङ सुरु भएको छ भने नेपालमा महिन्द्राको आधिकारिक वितरक अग्नि ग्रुपमार्फत नाइमामा डेलिभरी हुनेछ ।

महिन्द्रा एन्ड महिन्द्रा लिमिटेडका अटोमोटिभ डिभिजन अन्तर्गत इन्टरनेसनल अपरेसन्सका प्रमुख सचिन अरोलकरले XUV 3XO को आकर्षक र अलग डिजाइन, प्रिमियम सुविधाहरु र उच्चस्तरको सुरक्षात्मक विशेषताहरुले गर्दा 3XO ले आधुनिक ग्राहकहरुको आकांक्षा (एस्पिरेसन) लाई प्रतिबिम्बित गर्ने बताए ।
यस्तै, अग्नि ग्रुपका अध्यक्ष क्याबिनेट श्रेष्ठका अनुसार XUV 3XO यस्तो एसयुभि हो जसले डिजाइनमा कुनै सम्झौता नगरी सुरक्षामा उच्च मापदण्ड कायम गर्छ र सुविधाहरुले भरिपूर्ण रहेको छ ।

XUV 3XO ले स्पोर्टी र बोल्ड डिजाइन सहितको एथलेटिक सिलुएट ( बनोट) प्रस्तुत गर्छ । अगाडी रहेको फ्रन्ट ग्रिल र अलग हेडलाइट डिजाइन यसको प्रमुख आकर्षणको विन्दु बन्दछ । त्यसैगरी पछाडी फैलिएको 'इन्फिनिटि एलइडि​​​​​​​टेल ल्याम्पं, प्रिमियम लेदरेट सिटहरु, सौम्य इन्टेरियर र 'प्यानोरामिक स्काइरुफ'ले यसलाई झन् आकर्षक बनाउँदछ ।

इन्टेरियरमा, XUV 3XO ले कम्प्याक्ट एसयुभिको परिभाषा नै फेरिदिन्छ । १०.२५ इन्चको 'ड्युअल हाड़-रिजोलुसन स्क्रिन, हार्मन कार्डन अडियो सिस्टम, वायरलेस एप्पल कारप्ले र एन्ड्रोइड अटो, र ६५ वाटको युएसबि सि फास्ट चार्जरसहितका विशेषताहरु यसमा उपलब्ध छन् । विश्वस्तरको मापदण्ड पूरा गर्न डिजाइन, डेभलभमेन्ट तथा इन्जिनियरिङ गरिएको यो गाडीले ग्राहकहरुको लागि उत्कृष्ट गुणस्तर र परफर्मेन्स सुनिश्चित गर्दछ ।​​​​​​​

परफर्मेन्समा पनि XUV3XO उत्तिकै आकर्षक रहेको छ । महिन्द्राको एम-स्टालियन १.२ लिटर टर्बो-पेट्रोल इन्जिनबाट सञ्चालित XUV 3XO ले ८२ किलोवाट पावर र २०० न्युटनमिटर टर्क उत्पन्न गर्दछ जसले रेस्पोन्सिभ एक्सेलेरेसन र उच्च इन्धन कुशलता (फ्युल इफिसियन्स) प्रदान गर्दछ । यो एसयुभि ६- स्पिड म्यानुअल वा टर्क-कन्भर्टरसहितको AISIN ६-स्पिड अटोमेटिक ट्रान्समिसनबीच रोज्न सकिनेछ । यो एसयुभिले हरेक भू-भागमा सहज, आरामदायी, रमाइलो ड्राइभिङ अनुभव प्रदान गर्दछ । 'जिप, ज्याप, जुम' आदि ड्राइभिङ मोडहरुले सहरी वा हाइवेका लामो यात्राहरुमा आराम तथा सहजता प्रदान गर्दछ ।

सुरक्षालाई पनि XUV 3XO ले उच्च प्राथमिकतामा राखेको छ । सबै भेरियन्टमा ६ वटा एअरब्याग र इएसपि स्ट्यान्डर्ड रूपमा उपलब्ध छन् । साथै, यसमा लेभल २ एडास, ब्लाइन्ड भ्यु मनिटर, र ३६० डिग्रि सराउन्ड भ्यु क्यामरा जस्ता अत्याधुनिक सुरक्षात्मक विशेषताहरु उपलब्ध रहेका छन् ।