शीर्षकहरू

यी हुन् नाइमा एक्सपोमा लन्च भएका ८ गाडी, कुनमा कति छुट ?

यी हुन् नाइमा एक्सपोमा लन्च भएका ८ गाडी, कुनमा कति छुट ?

काठमाडौं । साउन २१ गतेदेखि काठमाडौंको भृकुटी मण्डपमा सुरु भएको नाइमा मोबिलिटी एक्सपोमा विभिन्न ७ वटा ब्राण्डले ८ वटा मोडलहरु लन्च गरेका छन् । 

फरथिङ, म्याक्सस, बीवाईडी, फक्सवागन, अमोडा एण्ड जेइको, महिन्द्रा र लिपमोटरले आफ्नो नायाँ गाडीहरु बुधबार नाइमा एक्सपोमा सार्वजनिक गरेका छन् । गाडीहरु लन्च गरेसँगै कम्पनीहरुले नाइमा विशेष छुटको अफर पनि चलाएका छन् । 

बुधबार लन्च भएको गाडीको विशेषता र छुट अफर

म्याक्सस

म्याक्सस ब्राण्डको नेपालका लागि आधिकारीक बिक्रेता कम्पनी हिमालय मोट्रक्सले नाइमा एक्सपोको अवसर पारेर बुधबार म्याक्सस मीफा ७ एमपीभी ईभी सार्वजनिक गरेको छ । यो चाइनिज गाडी हो । नेपालका लागि यो गाडी प्रिमियम सेग्मेण्टमा पर्दछ । अटो एक्सपो भरि मीफा ७ एमपीभी ईभी बुक गर्ने ग्राहकहरुलाई १० लाख रुपैयाँ छुट दिँने कम्पनीले जनाएको छ । सो गाडीको मूल्य १ करोड २५ लाख रुपैयाँ रहेको छ । नाइमाको अवसरमा १ करोड १५ लाखमा सो गाडी किन्न पाइन्छ । 

९० किलोवाट आवर ब्याट्री क्षमता रहेको उक्त गाडीले डीसी फास्ट चार्जर सर्पोट गर्नेछ। ३० मिनेटमा नै ३० देखि ८० प्रतिशतसम्म चार्ज हुन्छ । सो गाडीले एक पटक फुल चार गर्दा ६३५ किमी सम्मको गुड्छ । 

१८० किलोवाटको मोटर रहेको छ । जसले ३५० एनएम टर्क उत्पादन गर्दछ । सो गाडीको ब्याट्रीमा ८ वर्ष वा दुई लाख किमी र ५ वर्ष वा १ लाख किमी मोटर वारेन्टी रहेको छ ।

nullबीवाईडी

नेपालका लागि बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंक प्रालिले इलेक्ट्रिक ह्याचब्याक बीवाईडी एट्टो १ आधिकारिक रुपमा लन्च गरेको गरेको छ । जसमा डाइनामिकमा ३०.०८ किलोवाट आवरको ब्याट्री छ, जसले सिंगल चार्जमा २३० किलोमिटरको डब्लुएलटीपी रेन्ज दिन्छ । त्यसैगरी प्रिमियममा ३८.८८ किलोवाट आवरको ब्याट्री छ, जसले ३०० किलोमिटरको डब्लुएलटीपी रेन्ज दिन्छ । यी दुई भेरिएन्टको मूल्य क्रमशः २८ लाख ९५ हजार र ३२ लाख ९९ हजार रुपैयाँ रहेको छ । 

नाइमा नेपाल मोबिलिटी एक्सपोमा उक्त गाडी बुकिङ तथा खरिद गर्दा नगद छुट, निःशुल्क एक वर्षको अटो प्लस इन्स्योरेन्स, निःशुल्क ३.३ किलोवाट पोर्टेबल चार्जर, १० वर्षको एक्सटेन्डेड वारेन्टी, निःशुल्क एसेसरिजका साथै १० वर्ष सम्म निःशुल्क एप कनेक्टिभिटी सब्स्क्रिप्सन उपलब्ध पाइने छ। 

nullफक्सवागनका दुई मोडल लन्च

लागि नेपालको एक मात्र आधिकारिक वितरक पूजा ईन्टरनेशनल नेपाल प्रालिले वट्रस सेडान र नयाँ टाईगुन गाडी नेपालमा लन्च गरेको छ । यी दुवै गाडीहरुमा १.५ लिटरको टर्वो पावर ईन्जिन जडान गरिएको छ । दुवै गाडीहरुमा पावरको आवश्यकता अनुसार दुई वा चारै सिलिण्डरद्वारा चल्ने १५०० सिसि। बाट १५० हर्ष पावर उत्पादन गर्न सक्षम फ्युल इफिसेन्ट ईन्जिन रहेको छ । वट्रस सेडानमा ग्राउण्ड क्लियरेन्स १८० मिमि रहेको छ भने टाईगुन जी टि एसयूभीमा १८८ मिमि रहेको छ ।

टाईगुन जी टि एसयूभीको मूल्य अटोमेटिकमा ९३ लाख रुपैयाँ रहेको छ भने म्यानुअलमा ८९ लाख रुपैयाँ रहेको छ । नाइमा मोबिलिटी एक्सपोभर बुकिङ गर्ने ग्राहकले ३ लाख रुपैयाँसम्म छुट पाउने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार यस्तो छुट वट्रस सेडानमा पनि लागु हुनेछ ।

nullफरथिङ

नेपालका लागि फरथिङ ब्राण्डको आधिकारीक आयातकर्ता तथा बिक्रेता कम्पनी लक्ष्मी ई-मोबिलिटीले फरथिङ फ्राइडे ईभी बुधबार लन्च गरेको छ । उक्त मोडलका दुई भेरियन्ट उपलब्ध रहेका छन् । लक्जरी र एक्सक्लुसिभ जसको मूल्य क्रमशः ५०.९६ लाख र ५६.९६ लाख रूपैयाँ रहेको छ। नाइमा अटो शोको अवसरमा उक्त गाडी दरिद गर्नेलाई २ लाख रुपैयाँ छुट हुने कम्पनीले जनाएको छ । प्राइडेमा ६४.४ किलोवाटको ब्याट्री र ९९ किलोवाटको मोटर रहेको छ । जसले ४०० किलोमिटर रेन्ज दिन्छ ।

nullमहिन्द्रा

महिन्द्राको नयाँ कम्प्याक्ट एक्सयुभी थ्रि एक्सओ सार्वजनिक भएको छ । जसमा महिन्द्रा एन्ड महिन्द्रा लिमिटेडले साउन २१ गते बुधबार नाइमा नेपाल मोबिलिटि एक्सपोको अवसरमा नेपाली बजारको लागि उक्त गाडी सार्वजनिक गरेको हो ।

सो मोडलको नेपालमा पाँचवटा पेट्रोल भेरियन्टमा उपलब्ध हुनेछ जसको मूल्य ४४.९० लाख देखि सुरु हुनेछ । सम्पूर्ण भेरियन्टको लागि बुकिङ सुरु भएको छ । सो गाडीले ८२ किलोवाट पावर र २०० न्युटनमिटर टर्क उत्पन्न गर्दछ, जसमा एम-स्टालियन १.२ लिटर टर्बो-पेट्रोल इन्जिन रहेको छ । 

nullअमोडा एण्ड जेइको

अमोडा एण्ड जेइकोको जेइको जे ५ ईभी सार्वजनिक भएको छ । एसपीजी अटोमोबाइल्स प्रालिले २०८२ साउन २१ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु भए भएको एक्सपोमा उक्त गाडी सार्वजनिक गरेको हो ।

जसमा १८५ मिलिमिटरको ग्राउन्ड क्लियरेन्स, १८ इन्च स्पेयर टायर, ४६१ किलोमिटरको ड्राइभिङ रेन्ज र ४८० लिटरको बुट स्पेस रहेको छ । जेइको जे-५ को मूल्य ६०.९९ लाख रुपैयाँ तोकिएको छ, तर नाइमा एक्सपो विशेष अफर अन्तर्गत ५६.९९ लाखमा बुकिङ गर्न सकिने छ ।

nullलिपमोटर

लिपमोटर ब्राण्डको नेपालका लागि आधिकारीक आयातकर्ता तथा बिक्रेता कम्पनी सांग्रिला मोटर्सले बी१० सार्वजनिक गरेको छ । नाइमो एक्सपोको सुरुवाती दिनमा सार्वजनिक गरिएको सो ईभीमा १६० किलोवाटको मोटर, लाइफ भेरियन्टमा ५६.२ किलोवाटको ब्याट्री रहेको छ । सो ईभीले ४६० किलोमिटर रेन्ज दिन्छ । सो गाडीको मूल्य ४९ लाख ९९ हजार रुपैयाँ रहेको छ । 

null