शीर्षकहरू

नाइमा नेपाल मोबिलिटी एक्स्पोको पहिलो दिन दर्शकको उत्साह जनक उपस्थिति

नाइमा नेपाल मोबिलिटी एक्स्पोको पहिलो दिन दर्शकको उत्साह जनक उपस्थिति

काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एशोसिएसन (नाइमा) द्वारा आयोजित ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ को पहिलो दिन १५ हजारभन्दा बढी दर्शकले अवलोकन गरेका छन् ।

उद्योग क्षेत्रका प्रतिष्ठित व्यक्तित्व, सञ्चारकर्मी, व्यवसायी तथा अटोमोबाइल क्षेत्रका अग्रज व्यक्तिहरूको उपस्थितिमा उद्घाटन सम्पन्न भएपछि सर्वसाधारणका लागि प्रदर्शनी खोलिएको थियो ।

उद्घाटन समारोहका प्रमुख अतिथि उप-प्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले नेपालमा भएको भौतिक विकासको चर्चा गर्दै सरकार उद्योग मैत्री वातावरण निर्माण गर्न प्रतिबद्ध रहेको उल्लेख गरे ।

कार्यक्रममा नाइमाका अध्यक्ष ऋतु सिंह वैद्य र एक्स्पो समितिका प्रमूख शिरीष कुमार मुरारकाले पनि मन्तव्य दिँदै नेपालको अर्थतन्त्रमा अटो मोबाइल उद्यमीहरुको भूमिका, नवप्रवर्तन र सार्वजनिक–निजी साझेदारीको महत्त्वमाथि प्रकाश पारिन् ।

पहिलो दिनको उत्साहजनक उपस्थितिपश्चात नाइमाले प्रदर्शनी ८ बजेसम्म खुला रहने र सात बजेसम्म टिकट पाइने जनाएको छ । नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५मा ५० भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय  ब्रान्डहरू सहभागी छन् । ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ साउन २० गतेदेखि २४ गतेसम्म सर्वसाधारणका लागि खुला हुनेछ ।