शीर्षकहरू

नाफा बुक गरेकाहरु बजार पसेको संकेत, नेप्से सूचकसँगै बढ्यो कारोबार

नाफा बुक गरेकाहरु बजार पसेको संकेत, नेप्से सूचकसँगै बढ्यो कारोबार

यस साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक बढेर बन्द भएको छ भने अघिल्लो दिनको तुलनामा कारोबार रकममा समेत सुधार आएको छ । पछिल्ल दुई कारोबार दिने नेप्से घटेको थियो । लगातार आठौं कारोबार दिनसम्म कारोबार रकममा समेत गिरावट आएको थियो । सूचकसँगै कारोबार पनि बढ्न थालेकाले नाफा बुक गरेका लगानीकर्ता पुन बजारमा विस्तारै फर्कन थालेको आँकलन गरिएको छ ।

बिहीबार नेप्से परिसूचक १८.३० अंक बढेर २८५०.३७ विन्दुमा पुगेको छ। नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ। अघिल्लो कारोबार दिन अर्थात बुधबार ७ अर्ब ६३ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ८ अर्ब ५३ करोड ७५ लाख ८१ हजार रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ।

यस दिन १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये वित्त उपसमूहको परिसूचक सर्वाधिक १.३८ प्रतिशत बढेको छ । त्यस्तै, यस दिन उत्पादन तथा प्रशोधन र अन्य काठमाडौं । उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। बाँकी अरु उपसमूहको परिसूचक यस दिन सामान्य बढेको छ।

यस दिन सिक्लेस हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक ९.८१ प्रतिशत बढेको छ । त्यस्तै, यस दिन बरुण हाइड्रोपावरको शेयरमूल्य साढे ९ प्रतिशतभन्दा बढी बढेको छ भने मकर जितुमाय सुरी हाइड्रोपावर कम्पनीको शेयरमूल्य साढे ७ प्रतिशतभन्दा बढी बढेको छ। उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य यस दिन सर्वाधिक ८.२६ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन लिबर्टी इनर्जी कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ३९ करोड १ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन शिवम् सिमेन्ट्सको करिब ३७ करोड रुपैयाँको शेयर किनबेच भएको छ भने हिमालयन रि इन्स्योरेन्सको कारोबार रकम २३ करोड नाघेको छ।

null