शीर्षकहरू

याडियाको कीनेस ईभी बाइक सार्वजनिक, मूल्य कति ?

याडियाको कीनेस ईभी बाइक सार्वजनिक, मूल्य कति ?

काठमाडौं । विश्वकै नम्बर १ इलेक्ट्रिक दुईपाङ्ग्रे ब्रान्ड Yadea को नेपालका लागि एकमात्र आधिकारिक वितरक कुजु नेपाल प्रालिले बहुप्रतीक्षित Yadea Keeness इलेक्ट्रिक बाइक नेपालमा सार्वजनिक गरेको छ । सुरुवाती मूल्य ६ लाख ६० हजारमा उपलब्ध यो बाइक अहिले सबै आधिकारिक Yadea शोरूमहरूमा बुकिङ खुला गरिएको छ ।

Yadea ले १०० भन्दा बढी देशहरूमा ७ करोड भन्दा बढी युनिटहरू बिक्री गर्दै, विश्वव्यापी इलेक्ट्रिक सवारी साधन क्रान्तिमा नेतृत्वदायी भूमिका खेल्दै आएको छ ।​​​​​​​

Yadea Keeness एक उच्च प्रदर्शनयुक्त इलेक्ट्रिक मोटरसाइकल हो, जसले शक्ति, चपलता, र आधुनिक डिजाइनलाई एकै साथ प्रस्तुत गर्छ । यसमा रहेको मिड–ड्राइभ मोटर ले ५.५kW रेगुलर पावर र ११kW अधिकतम पावर उत्पादन गर्छ, जुन बाइकलाई सडकमा दमदार उपस्थिति दिन्छ।​​​​​​​

Keeness ले अधिकतम १०० किमी / घण्टा गति प्राप्त गर्छ र ४५ किमी / घण्टा क्रुज स्पिडमा १४० किमीको रेञ्ज प्रदान गर्छ ।  यो बाइकमा रहेको ७२V ३२Ah का दुईवटा टर्नरी लिथियम ब्याट्रीहरू ले लामो दूरीको यात्रा सहज बनाउँछ। ब्याट्रीको लाइफ साइकल २००० चार्ज सम्मको हुन्छ र ५ देखि ६ घण्टामा पूर्ण चार्ज हुन्छ।

अन्य विशेषताहरू

  • ​​​​​​​टर्क: २८० Nm
  • ब्रेक: अगाडि पछाडि डिस्क ब्रेक, CBS सहित
  • टायर: १७ इन्च ट्युबलेस
  • ग्राउण्ड क्लियरेंस : १७५ मिमि
  • चढ्न सक्ने कोण : २० डिग्री
  • स्टोरेज: १६ लिटरको अन्डर सिट बुट स्पेस
  • वारेन्टी र देशव्यापी सेवा सुविधा

याडिया कीनेसमा २ वर्ष वा २० हजार किमीको वारेन्टी उपलब्ध छ । साथै, कुजु नेपालको देशभर फैलिएको डिलर र सर्भिस नेटवर्क मार्फ गुणस्तरीय पछिल्लो सेवा सुनिश्चित गरिएको छ ।