काठमाडौं । रसुवागढी हाइड्रोपावर कम्पनीको ६८ लाख ४२ हजार १०० कित्ता शेयरको लकईन अवधि समाप्त हुन लागेको छ । कम्पनीले स्थानिय बासिन्दाका लागि २०७९ भदौ २८ गते बाँडफाँड गरेको उक्त कित्ता शेयरको लकईन अवधि सकिन लागेको हो ।
बाँडफाँड भएको ३ वर्ष पुगेपछि सो शेयरको लकईन अवधि सकिन्छ । आगामी भदौ २७ गते ३ वर्ष पुगेसँगै लकईन अवधि सकिने छ । कम्पनीले रसुवागी जिल्लका स्थानिय बासिन्दाका लागि सो शेयर वितरण गरेको थियो ।
आर्थिकन्यूज