शीर्षकहरू

यू-२० महिला एसियन कप छनोट : नेपाल साउदी अरेबियासँग भिड्दै

यू-२० महिला एसियन कप छनोट : नेपाल साउदी अरेबियासँग भिड्दै

काठमाडौं । एएफसी यू–२० महिला एसियन कप छनोटको आफ्नो दोस्रो खेलमा नेपालले आज साउदी अरेबियासँग भिड्दैछ । 

खेल भुटानको थिम्पुस्थित चाङलिमिथाङ स्टेडियममा शुक्रबार दिउँसो पौने २ बजे सुरु हुनेछ । नेपालले आफ्नो पहिलो खेलमा भुटानसँग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको थियो ।

बलियो टोली उत्तर कोरियासँग नेपालले खेल्न बाँकी छ । प्रतियोगिताको हरेक समूहबाट समूहविजेता एसियन कपमा छनोट हुनेछन् ।