काठमाडौं । गत आर्थिक वर्ष २०८१/८२ मा निर्जीवन बीमा कम्पनीले ४३ अर्ब ९५ करोड रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेका छन् । नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार गत आवमा १४ निर्जीवन बीमा कम्पनीले २८ लाख ६४ हजार ९४५ वटा बीमा पोलिसी जारी गरेका छन् । गत असार महिनामा मात्रै भने कम्पनीले चार अर्ब ९३ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेको प्राधिकरणको तथ्यांक छ ।
तथ्यांक अनुसार गत आवमा शिखर इन्स्योरेन्स कम्पनीले पाँच अर्ब ७९ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । कम्पनीले सो अवधिमा तीन लाख ९ हजार ८६३ वटा बीमा पोलिसी जारी गरेका थिए । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले पाँच अर्ब रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । सो अवधिमा कम्पनीले दुई लाख ७९ हजार ३९८ वटा पोलिसी जारी गरेको थियो ।
सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीले चार अर्ब ३१ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । सो अवधिमा कम्पनीले दुई लाख ९८ हजार ९७५ वटा पोलिसी जारी गरेको प्राधिकरणको तथ्यांक छ । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीले चार अर्ब ३१ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । सो अवधिमा कम्पनीले दुई लाख ९८ हजार ९७५ वटा पोलिसी जारी गरेको प्राधिकरणको तथ्यांक छ । हिमालयन एभरेष्ट इन्स्योरेन्सले भने चार अर्ब १० करोड रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । कम्पनीको सो अवधिमा दुई लाख ८० हजार ४२९ वटा बीमा पोलिसी जारी गरेको छ ।
यस्तै, नेपाल इन्स्योरेन्स कम्पनीले दुई अर्ब तीन करोड रुपैयाँ बीमाशुल्क संकलन गरेको छ भने दि ओरियण्टल इन्स्योरेन्स कम्पनीले दुई अर्ब ७० करोड रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । राष्ट्रिय बीमा कम्पनीले एक अर्ब ३७ करोड, नेशनल इन्स्योरेन्सले एक अर्ब ६ करोड, नेको इन्स्योरेन्सले तीन अर्ब २८ करोड, प्रभु इन्स्योरेन्सले एक अर्ब ८६ करोड, एनएलजी इन्स्योरेन्सले तीन अर्ब ६ करोड, सानिमा जिआईसीले दुई अर्ब ७० करोड, आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सले तीन अर्ब ८६ करोड र युनाईटेड अजोडले दुई अर्ब ७८ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेको छ ।
लघुबीमा कम्पनीले भने गत आवमा ९५ करोड ३८ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । सो अवधिमा कम्पनीहरुले तीन लाख ७९ हजार ४३८ बीमा पोलिसी जारी गरेका छन् । प्राधिकरणका अनुसार नेपाल माइक्रो इन्स्योरेन्सले २६ करोड २८ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् । सो अवधिमा कम्पनीले एक लाख १ हजार ७४४ वटा पोलिसी जारी गरेको छ ।
प्रोटेक्टिभ माइक्रोले २४ करोड ९३ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । सो अवधिमा कम्पनीले ९९ हजार १३५ वटा पोलिसी जारी गरेको छ । स्टार माइक्रोले २२ करोड ७४ लाख र ट्रस्ट माइक्रोले २१ करोड ४२ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ ।
आर्थिकन्यूज