शीर्षकहरू

कृषि विकास बैंकको सञ्चालन मुनाफा ५ अर्ब ८४ करोड पुग्यो

कृषि विकास बैंकको सञ्चालन मुनाफा ५ अर्ब ८४ करोड पुग्यो

काठमाडौं । कृषि विकास बैंकले आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमाससम्ममा  ४ अर्ब १५ करोड ४४ लाख रुपैयाँ खूद नाफा कमाएको छ । बैंकले आज सार्वजनिक गरेको अपरिष्कृत वित्तिय विवरणअनुसार अघिल्लो वर्षको तुलनामा ५० प्रतिशतले बढेको हो। समीक्षा अवधिमा बैंकको सञ्चालन मुनाफा ५ अर्ब ८४ करोडको उचाईमा पुगेको छ, जुन अघिल्लो वर्ष ४ अर्ब १३ करोडमा सीमित थियो ।  

यसभन्दा अघिल्लो आर्थिक वर्ष बैंकले २ अर्ब ८९ करोड ७४ लाख खुद नाफा  कमाएको थियो। अघिल्लो बर्षको यस अवधिमा ९ अर्ब ७६ करोड संचालन मुनाफा रहेको छ । गत बर्ष ११ अर्ब ८९ करोड रुपैयाँ र खुद ब्याज आम्दानी पनि ९ अर्ब ८२ करोड पुगेको छ। 

यस अवधिमा बैंकले २ खर्ब ९३ अर्ब ५७ करोड निक्षेप संकलन गरेको छ भने २ खर्ब १६ अर्ब २ करोड कर्जा परिचालन गरेको छ। त्यस्तै, यस अवधिमा बैंकको कुल सम्पती ३ खर्ब ६२ अर्ब ५० करोड पुगेको छ। 

बैंकको प्रतिशेयर आम्दानी १८ रुपैयाँ ५६ पैसाबाट बढेर २७ रुपैयाँ ६३ पैसा पुगेको छ  । त्यस्तै,  प्रतिशेयर नेटवर्थ २४१ रुपैयाँ ४ पैसा पुगेको छ।  बैंकको ब्याजदर स्प्रेड ३।९६ प्रतिशतमा छ।