काठमाडौं । साउन २१ गतेदेखि नाइमा मोबिलिटी एक्सपो सुरु भएको छ । सो एक्सपोमा टोयोटा ब्राण्डको स्टलमा निकै भीडभाड देख्न सकिन्छ ।
दैनिक लाखौँ जनाले सो स्टलमा आएर टोयोटाको गाडीहरु अवलोकन गर्ने गरेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार हालसम्म बुकिङ पनि धेरै आइरहेको छ । तर, कम्पनीले भने टोयोटाको गाडी किन्न चाहने ग्राहकलाई पहिला एक्पेरियन्समा फोकस गराएको जनाएको छ ।
टोयोटा के हो ? हाइब्रीड टेक्नोलोजी के हो ? भनेर त्यस विषयमा अवलोकन कर्तालाई तथा ग्राहकलाई जानकारी दिन कम्पनीको जोड रहेको कम्पनीका बजार प्रबन्धक प्रशान्त केसीले बताए ।
उनका अनुसार बुकिङ सँगै इन्क्यूअरी पनि राम्रो आइरहेको छ । अटो शोमा आउने ७० प्रतिशत मानिसले टोयोटाको स्टलमा भिजिट गर्ने गरेका छन् । यसको मूख्य कारण भनेको टोयोटाको क्वालिटी र लिगेसी हो । यसका साथै कम्पनीले प्रदर्शनीमा राखेको हाइब्रीड गाडी र ल्याण्ड क्रुजर गाडीले पनि दर्शकलाई आकर्षित गरेको हो ।
कम्पनीले अटो शोमा ३ वटा मोडलहरु प्रदर्शनीम राखेको छ । टोयोटा यारी क्रस हाइब्रीड, ल्याण्ड क्रुजर २५० र टोयोटा कोरोना प्रदर्शनीमा रहेका छन् । जसमध्ये कोरोना गाडी नेपालमा पहिलो पटक भित्रिएको गाडी हो । सो गाडी बिक्रीका लागि भने राखिएको होइन् । प्रदर्शनीका लागि मात्र राखिएको हो । सो गाडी नेपालमा ५६ वर्ष अघि भित्रिएको थियो । नेपालमा टोयोटाको पहिलो बिक्री भएको गाडी नै कोरोना हो ।
आजसम्म पनि सोही गाडी राम्रोसँग चलिरहेको कम्पनीले जनाएको छ । प्रदर्शनी स्थलमा ल्याउँदा पनि चलाएरै ल्याएको बजार प्रबन्धक केसीको भनाई छ । यस गाडीले टोयोटाको क्वालिटी के छ भनेर बताएको उनको भनाई छ । उनले भने, '५६ वर्ष अघि नेपाल आएको गाडी अहिले पनि ठिक-ठाक नै छ । राम्रै सँग चल्छ । यही हो टोयोटाको गुणस्तर र विश्वासनियता ।’
टोयोटाको नाइमा अफर
कम्पनीले यस एक्सपोमा जो गाडी बुकिङ गर्ने ग्राहकका लागि मेगा डिस्कउण्ड रहेको छ । सो अफर प्रदर्शनीमा रहेका गाडीका लागि मात्रै होइन्, टोयोटाको कुनै पनि मोडलमा लागु हुनेछ ।
यसैगरी, टोयोटाको कुनै पनि गाडी खरिद गर्ने ग्राहकका लागि फ्रि पिकअप एण्ड ड्रपको सुविधा रहेको छ । अर्थात, गाडी खरिद गरेपछि जीवन भर सो गाडी सर्भिसिङ तथा मर्मत गर्दा कम्पनीले नै पिक एण्ड ड्रप गर्दिन्छ ।
कुनै पनि ठाउँमा गाडी बिक्रीयो भने कम्पनीले सोही स्थानमा आफ्ना कर्मचारी पठाएर ग्यारेजमा ल्याएर मर्मत गरेर फेरि धनीको घरमै सो गाडी ड्रप कम्पनीले नै गरिदिन्छ । यो एक वर्ष वा दुई वर्षसम्मका लागि होइन । सो गाडी रहुन्जेलसम्मका लागि हाे।
आर्थिकन्यूज