काठमाडौं । नेपालको निर्जीवन बीमा कम्पनीको मुख्य बजार भनेको अटो क्षेत्र हो । नेपालका बीमा कम्पनीहरुको २९ प्रतिशत बिज्नेश अटो क्षेत्रबाट आउने गरेको छ ।
नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/०८२ तथ्यांक अनुसार निर्जीवन बीमाको कुल ब्यापार ४४ अर्ब ९१ करोड रुपैयाँको रहेको छ । जसमध्ये १२ अर्ब ९० करोड अर्थात् २८.७३ प्रतिशत हिस्सा अटो इन्स्योरेन्सको रहेको छ ।
नेपालमा १८ वटा निर्जीवन बीमा कम्पनीहरु रहेका छन् । जसमध्ये नेशनल इन्स्योरेन्स एक हो। साउन २१ गतेदेखि काठमाडौंमा सञ्चालनमा रहेको नाइमा मोबिलिटी एक्सपो (अटो शो) को मुख्य प्रयोजक नेशनल इन्स्योरेन्स रहेको छ । कम्पनीले अटोमोबाईल्स क्षेत्रको बीमा खासै फोकस भएको थिएन् । अब यस क्षेत्रको बीमाबाट पनि आफ्नो व्यवसाय वृद्धि गरौँ भन्ने उद्देश्यले अटो शोको प्रायोजक बनेको हो ।
सोही कम्पनीका केबीटूका इन्चार्ज सन्देश भट्टराईसँग नेपालको अटोमोबाईल क्षेत्रको बीमा, नीतिगत उल्झन, अटोमोबाईल क्षेत्रको बीमा बजार वृद्धिका उपाय, क्लेम सेटलमेन्ट लगायतका विषयमा आर्थिक न्यूजले कुराकानी गरेको छ । प्रस्तुत छ इन्चार्ज भट्टराईसँग गरिएको कुराकानीको सम्पादित अंश :
नेपालको अटोमोबाईल क्षेत्रको बीमा बजार र नेशनलको अवस्था
अटोमोबाईल क्षेत्रको बीमामा हामी पछि नै छौँ । अब यस क्षेत्रमा पनि हामी आइरहेका छौँ । यसैकारण हामीले अटो शोको मुख्य प्रायोजक पनि बनेका हौं । हाल नेशनलको कुल व्यापार वार्षिक १ अर्ब करोडको हाराहारीमा रहेको छ। जसको २५ प्रतिशत हिस्सा मोटरले ओगटेको छ । अर्थात् हामिले मोटर बीमाबाट २५ करोडको हाराहारीमा प्रिमियम कलेक्सन गर्दछौं ।
कुल अटो बीमाको १.९३ प्रतिशत हिस्सा नेशनलले ओगटेको छ। यो अत्यन्तै न्यून हो । अब हामि यस क्षेत्रको हिस्सा बढाउने तर्फ लागि परेका छौं । अहिलेसम्म हामी मोटर बीमाका लागि खासै मार्केटिङमा लागेका छैनौँ । हामीकहाँ जो आउनुहुन्छ उहाँको बीमा गराएर मात्रै बसेका छौं । अब हामी यस क्षेत्रको बीमा लागि टीम परिचालन गर्छौँ |
मोटर बीमाको बिज्नेसलाई सेफेस बिज्नेको हिसावले पनि हेर्न सकिन्छ । यस क्षेत्रमा क्लेम खासै पर्दैन । पर्यो भने पनि एकदम न्यून पर्दछ ।
ईभीको बीमा पोलिसि छुट्टै हुनु पर्दछ
ईभी र आईस भेहिकलको टेक्नोलोजिमा धेरै फरक छ । यस अवस्थामा ईभीको बीमा पोलिसि छुट्टै हुनुपर्छ । अहिलेसम्म अटो प्लस पोलिसिबाट नै ईभीको बीमा गरिरहेको अवस्था छ। छुट्टै पोलिसि निर्माणका लागि नेपाल बीमा प्राधिकरणले पनि अध्ययन गरिरहेको छ ।
ईभीको छुटै बीमा पोलिसि छिटो भन्दा छिटो आओस् भन्न चाहन्छु। ईभीको धेरै क्लेम आउने भनेको ब्याट्रीको हो । यसका साथै ईभीको स्पेयर पाटर्स निकै महँगो रहेको छ। यस अवस्थामा एउटा सानो दुर्घटना भयो भने मात्रै ठुलो कस्ट आउँछ । ईभीको स्पेयर पार्ट्स महँगो भएका कारण यस्तो हुन्छ । सरकारले पनि ईभीलाई प्रोत्साहन गर्ने भनेर गाडी आयातमा छुट दियो, तर स्पेयर पार्टस् भने छुट दिएको छैन ।
यसले गर्दा स्पेयर पार्ट्स महँगो हुँदा सानो दुर्घटनामा पनि ठुलो कस्ट आउने गरेको छ। अटोमोबाईल क्षेत्रको
बीमा बजार वृद्धिका लागि गर्नुपर्ने विषयहरु
अहिलेको मोटर पोलिसिको व्यापक बीमा ट्यारिफ नै महँगो छ । यो अलिक सस्तो गराउनु पर्यो। सस्तो गर्दा बीमा संख्या बढ्छ, त्यस अवस्थामा बिज्नेस पनि बढ्छ ।
प्रिमियम महँगो भएका कारण व्यापाक बीमाको नविकरण थोरैले मात्रै गर्छन्। गाडी खरिद गरेको एक दुई वर्षसम्म अर्थात् गाडी नयाँ हुँदासम्म सबैले बीमा नवीकरण गर्छन् । त्यसपछि नवीकरण नै गर्दैनन् ।
यसका साथै सरकारले निजी सवारीको व्यापक बीमा अनिवार्य गर्नु पर्दछ । हाल सबै किसिमका सावरीका लागि तेस्रो पक्ष बीमा अनिवार्य रहेको छ । त्यसैगरी, निजी सवारीको व्यापक बीमा अनिवार्य हुनु पर्यो ।
नेशनेल इन्स्योरेन्सले एक सातमै क्लेम सेटेलमेन्ट गर्छ
नेपालमा विशेषगरी क्लेम सेटलमेन्टको विषयमा उठ्ने गर्दछ । यो विषय बीमितको पनि गल्ती हुनसक्छ। बीमितले आवश्यक कागजात समयमा उपलब्ध नगराउँदा सेटलमेन्ट ढिला हुने गर्दछ । यसैगरी, बीमा कम्पनीहरुले पनि कतै हेलचेक्र्याई गरेका हुनसक्छन् ।
तर, नेशनल इन्स्योरेन्स क्लेम सेटलमेन्टमा अगाडी छ । मोटर बीमाको क्लेम एक साताभित्रनै सेटलमेन्ट गर्दिन्छौं । हामी सर्भिस ओरिन्टेट बिज्नेस गर्ने कम्पनीले यत्तिको सर्भिस दिनै पर्छ । नत्र अघि बढ्न सकिँदैन ।
हाम्रो काम भनेकै रक्षावरण हो । अर्थात् बीमितबाट सानो रकम लिने र आइपरेको खण्डमा आर्थिक रक्षावरण गर्ने हो । यस काम हामीले प्रिमियम कलेक्सन र क्लेम सेटलमेन्टबाट गरेका हुन्छौं । तर, प्रिमियम कलेक्सन गर्ने अनि आफ्नो दायित्वमा परेको क्लेम भने सेटलमेन्ट नगर्ने हो भने बीमा क्षेत्रकै विश्वसनियता घट्छ । यस विषयमा हामी सजग छौं ।
आर्थिकन्यूज


