काठमाडौं । नागरिक लगानी कोषले गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको विवरण अनुसार खुद नाफा सामान्य वृद्धि भएको छ ।
कम्पनीले अघिल्लो वर्ष १ अर्ब १० कारोड रुपैयाँ खुद नाफा आर्जन गरेकोमा गत वर्ष १ अर्ब २५ करोड रुपैयाँ आर्जन गरेको छ । जुन १३.६३ प्रतिशत वृद्धि हो । सेवा शुल्क तथा कमिशनबाट हुने आम्दानी वृद्धि, कुल आम्दानी वृद्धि र कुल खर्च घट्दा कम्पनीको नाफा वृद्धि भएको हो । सेवा शुल्क तथा कमिशनबाट अघिल्लो वर्ष १ अर्ब ४१ करोड रुपैयाँ आर्जन गरेकोमा गत वर्ष १ अर्ब ६५ करोड रुपैयाँ आर्जन गरेको छ ।
यसैगरी, अघिल्लो वर्ष १ अर्ब ९१ करोड रुपैयाँ कुल आम्दानी रहेकोमा गत वर्ष २ अबए ९ करोड पुगेको छ भने अघिल्लो वर्ष ४५ करोड रुपैयाँ रहेको कुल खर्च गत वर्ष ४२ करोड रुपैयाँमा झरेको छ ।
कम्पनीको प्रति शेयर आम्दानी र प्रति शेयर नेटवर्थ भने घटेको छ । अघिल्लो वर्ष १७१.४५ रुपैयाँ प्रति शेयर नेटवर्थ रहेकोमा गत वर्ष १६४.२३ रुपैयाँ रहेको छ । यसैगरी, अघिल्लो वर्ष २०.७५ रुपैयाँ प्रति शेयर आम्दानी रहेकोमा गत वर्ष १९.३४ रुपैयाँमा झरेको छ ।
कम्पनीको अवकाश कोषमा २ खर्ब ६६ अर्ब ६४ करोड मौजाद रहेको छ भने उचित मूल्य कोषमा ३३ करोड रहेको छ । बीमा वापत कम्पनीको दायीत्वमा ५ अर्ब ८ करोड रुपैयाँ रहेको छ ।
आर्थिकन्यूज