शीर्षकहरू

फरथिङ फ्राइडेले आफ्नो सेग्मेन्टमा सबैभन्दा सस्तो मूल्यमा विद्युतीय गाडी सार्वजनिक गर्यो

फरथिङ फ्राइडेले आफ्नो सेग्मेन्टमा सबैभन्दा सस्तो मूल्यमा विद्युतीय गाडी सार्वजनिक गर्यो

काठमाडौं ।  लक्ष्मी ई–मोबिलिटीले चीनको उदाउँदो इलेक्ट्रिक गाडी ब्रान्ड ‘Forthing’ लाई नेपाली बजारमा ल्याइसकेको छ। नेपालको इलेक्ट्रिक मोबिलिटी क्रान्तिलाई अझ तीव्र बनाउने दिशामा यो एक महत्वपूर्ण कदम मानिने कम्पनीको दावी छ।

 ‘Forthing’को पहिलो मोडेल, Friday EV, नेपालमा २०८२ साउन २ गते ९अगस्ट ६० का दिन राष्ट्रिय अटो प्रदर्शनी NIAMA २०२५ को उद्घाटन अवसरमा सार्वजनिक गरिएको थियो। यो प्रदर्शनी नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एशोसिएसनद्वारा आयोजित गरिएको हो र काठमाडौंको भृकुटीमण्डपमा सम्पन्न भएको हो। 

विश्वव्यापी रूपमा स्मार्ट डिजाइन र अत्याधुनिक इलेक्ट्रिक मोबिलिटी प्रविधिका लागि चिनिएको Forthing ब्रान्डले नेपालमा प्रिमियम इलेक्ट्रिक  SUV, Friday EV को सुरुवात गर्दै आफ्नो उपस्थिति दर्ता गरेको छ। यो गाडीले प्रदर्शन, प्रविधि र आधुनिक डिजाइनलाई समेट्दै नेपाली ग्राहकको बदलिंदो आवश्यकतामा केन्द्रित समाधान दिन्छ। 

Friday EV दुई भेरियन्ट लक्जरी र एक्सक्लुसिभ (जसको मूल्य क्रमशः रु ५०.९६ लाख र रु ५६.९६ लाख ) छ। ल्ब्क्ष्ःब् को विशेष अफर अन्तर्गत, NIAMA ले दुवै भेरियन्टमा सीमित समयका लागि रु २ लाख छुट र एक वर्षको अटों बीमा प्रदान गर्दैछ। यस अफरमा ग्राहकहरूले, लक्जरी भेरियन्ट केवल रु ४८.९६ लाखमा र एक्सक्लुसिभ भेरियन्ट रु ५४.९६ लाखमा प्राप्त गर्न सकिने कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

शहरका सडककम ६४.४ पध्ज ब्याट्री र ९९ पध् मोटर रहेको कम्पनीले जनाएको छ ।  जसले ४०० किलोमिटरभन्दा बढीको दूरी तय गर्न सक्षम भित्री डिजाइन आराम, प्रयोगको सजिलो, र स्मार्ट इर्गोनोमिक्सलाई प्राथमिकता दिई विचारपूर्वक तयार गरिएको छ।

 साथै, यसमा प्रिमियम मसाज स्पोर्ट्स सीट रहेको छ जसले ड्राइभिङ अनुभवलाई अझ आरामदायी बनाउँने कम्पनीको दावी छ । एक्सक्लुसिभ भेरियन्टमा इलेक्ट्रिक टेलगेट सुविधा पनि उपलब्ध छ जसले सहजता थपेको छ।