रूपन्देही । रूपन्देही जिल्लाकोे तिलोत्तमा नगरपालिका स्थित कोटिहवा बजार व्यवस्थापन समितिको प्रथम साधारणसभा तथा अधिवेशन भएको छ । बजार व्यवस्थापनको चाहना, स्वच्छ प्रतिस्पर्धात्मक एकीकृत बजारको अवधारणा भन्ने मुल नारालाई आत्मसाथ गर्दै आइतबार कोटिहवामा उक्त कार्यक्रम भएको हो ।
प्रथम अधिवेशनबाट भुवानन्द पाण्डेको अध्यक्षतामा समिति चयन भएको छ । जसको बरिष्ठ उपाध्यक्षमा होमप्रसाद बस्याल उपाध्यक्षमा राजेश्वरी चौधरी महासचिवमा प्रकाश बन्जाडे सचिवमा हेमलाल भुसाल कोषाध्यक्षमा रेमलाल पाण्डे सहसचिवमा युवराज पराजुली सदस्यमा दिपा पौडेल भूपति न्यौपाने, सन्दिप बराल, मदन भुसाल, टेकराज पराजुली,कृष्णप्रसाद भण्डारी, विशाल तिमिल्सिना, दुर्गाप्रसाद भुसाल, नुनबहादुर आले, कमला खरेल चयन भएको निर्वाचन मन्डलका सदस्य तारा नेपालले जानकारी दिए ।
कार्यक्रममा बोल्दै अध्यक्ष पाण्डेले वजार ब्यवस्थापनलाई चुस्त दुरुस्त बनाउँदै संस्थालाई सक्रिय रुपमा अगाडि बढाउने र व्यवसायीको हक हितमा काम गर्ने बताए । कार्यक्रम संयोजक डिल्लीरामअर्यालले व्यवसायी को सुखदुखमा काम गर्न समिति गठन गरेको बताउँदै तिलोत्तमा नगरपालिकालाई उत्कृष्ट बनाउन मद्दत गर्ने बताए ।
तदर्थ समिति चयन भएदेखि नै संंस्थाले सामाजिक उत्तरदायित्वका काम वृक्षारोपण, सरसफाइ, सांस्कृतिक कार्यक्रम गर्दै आएको छ । संस्थामा २६७ जना सदस्य रहेका छन् ।
आर्थिकन्यूज