शीर्षकहरू

‘नाडा अटो शो’को उद्घाटन प्रधानमन्त्री केपी ओलीले गर्ने

‘नाडा अटो शो’को उद्घाटन प्रधानमन्त्री केपी ओलीले गर्ने

काठमाडौं । राजधानीको भृकुटीमण्डपमा भदौ ३ बाट आयोजना हुन लागेको  ‘नाडा अटो शो’को उद्घाटन प्रधानमन्त्री केपी ओलीले गर्ने भएका छन् । नाडाले यस बर्षको आफ्नो १७औं संस्करणको मेलामा उड्ने (फ्लाइङ) कारको पनि प्रदर्शनी गर्ने तयारी गरेको छ ।

नाडाका अध्यक्ष करण चौधरीको टोलीले आइतबार प्रधानमन्त्री ओलीलाई भेटेर ‘नाडा अटो शो’मा प्रमुख आथित्यताका लागि आग्रह गरेको हो । ओलीले सो कुरा स्वीकार गरेको नाडाको भनाई छ । भेटमा चौधरीले चौधरीले नाडा स्थापनाको ५० औं वार्षिकोत्सव मनाउने क्रममा रहेको र नाडाले १७ औं संस्करणको नाडा अटो शो २०२५ आयोजना गर्न लागेको जानकारी दिँदै यस बर्षको विशेष अटो शोमा उपस्थितिका लागि आग्रह गरेका थिए । 

भदौ ८ गतेसम्म छ दिन सञ्चालन हुने यो मेलामा १२५ भन्दा बढी प्रदर्शक, ३० भन्दा बढी सवारी साधनका ब्रान्ड, विद्युतीय, हाइब्रिड र स्मार्ट मोबिलिटी समाधान, विन्टेज मोटर शो, पहिलोपटक नेपालमा प्रदर्शन हुँदै गरेका युनिट्रि रोबोट्स् र दिपलको फ्लाइङ कार जस्ता आकर्षक र भविष्य उन्मुख प्रविधि प्रदर्शनीको केन्द्रविन्दु हुने नाडाको भनाई छ । 
 
आफूहरुको निम्तालाई प्रधानमन्त्री ओलीले सहजरुपमा स्वीकार गरेको भन्दै अटोमोवाइल व्यवसायीले यसले आफूहरुलाई थप हौसला र प्रेरणा मिलेको बताएका छन् । भेटमा नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठ, महासचिव सुरेन्द्र उप्रेती, सचिव विक्रम सिंहानिया, कोषाध्यक्ष मिलनबाबु मल्ल, सहकोषाध्यक्ष पंकज अग्रवाल तथा केन्द्रीय कार्य समिति सदस्य मेघराज पौडेल सहभागी थिए ।