काठमाडौं । सानिमा बैंकको खुद नाफा सामान्य वृद्धि भएको छ । कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्षको वित्तिय विवरण अनुसार खुद नाफा सामान्य वृद्धि भएको हो ।
गत आवमा कम्पनीले २ अर्ब ५७ करोड ११ लाख रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्ष यस्तो नाफा २ अर्ब ३९ करोड ७४ लाख रुपैयाँ रहेको थियो। तुलनात्मक रुपमा कम्पनीको नाफा ७.२४ प्रतिशतले वृद्धि भएको देखिन्छ ।
बैंकको खुद ब्याज आम्दानी ६ अर्ब १८ करोड रुपैयाँबाट वृद्धि भएर ६ अर्ब ३५ करोड रुपैयाँ पुगेको छ भने फि तथा कमिसनबाट हुने आम्दानी १ अर्ब १ करोड रुपैयाँबाट १ अर्ब १९ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष ६ अर्ब ४९ करोड रहेको खुद सञ्चालन आम्दानी गत वर्ष ६ अर्ब ७१ करोड पुगेको छ ।
प्रतिशेयर आम्दानी १८ रुपैयाँ ९३ पैसा, प्रतिशेयर नेटवर्थ १६८ रुपैयाँ ८३ पैसा रहेको छ भने २ अर्ब ७८ करोड ७ लाख रुपैयाँ वितरणयोग्य मुनाफा रहेको छ । वितरणयोग्य प्रतिशेयर आम्दानी २० रुपैयाँ ४७ पैसा रहेको छ। अघिल्लो वर्ष कम्पनीको वितरणयोग्य मुनाफा १ अर्ब ४४ करोड ७३ लाख र वितरणयोग्य प्रतिशेयर आम्दानी १०.६६ रुपैयाँ थियो ।
आर्थिकन्यूज