शीर्षकहरू

‘नाइमा नेपाल मोबिलिटी एक्स्पो  : एउटै गाडी चार करोडसम्मका, व्यवसायी उत्साहित

‘नाइमा नेपाल मोबिलिटी एक्स्पो  : एउटै गाडी चार करोडसम्मका, व्यवसायी उत्साहित

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ जारी छ । बुधबारदेखि सुरु भएको एक्स्पो समापनको तयारीमा छ । ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ मा १८ लाखदेखि ३ करोड रुपैयाँभन्दा माथिका गाडी तथा बाईकहरू प्रदर्शनीमा राखिएका छन् ।

एक्स्पोमा गाडी तथा बाईकलगायत गरेर ५० वटा ब्राण्डको सहभागिता छ । आयोजक नाइमाका एक्जिक्युटिभ डाइरेक्टर राजकुमार दुलालका अनुसार एक्स्पोको म्याद एक दिन थप गरी सोमबार समापन हुँदैछ । ‘हामीले साउन २५ गते अन्तिम दिन भन्यौं तर आगन्तुकको उत्साह देखेर २६ गतेसम्म लम्ब्याएका हौं,’ उनले नेपाल न्यूज बैंकसँग कुरा गर्दै भने, ‘पब्लिक डिमाण्डका आधारमा एक्स्पोको समय एक दिन बढाइएको हो ।’

nullगौरव सारडा

उनका अनुसार हालसम्म ७० हजारभन्दा बढीले एक्स्पोको अवलोकन गरिसकेका छन् । ‘हामी आशावादी छौं कि यो संख्या एक लाख नाघ्नेछ,’ उनले थपे । यसपटक गाडी बुकिङ गर्नेको संख्या उल्लेख्य रुपमा बढेको समेत उनले जानकारी दिए । ‘बुकिङ निकै उत्साहजनक छ,’ दुलालले भने, ‘अवलोकनकर्ताको प्रतिक्रिया पनि सकारात्मक आएको छ । व्यवस्थापनप्रति सन्तुष्टि जनाइरहनु भएको छ ।’

प्रदर्शनी स्थलमा प्रिमियम स्टलहरू बनाइएकाले वर्षा वा घामले असर नपर्ने गरी व्यवस्थापन गरिएको उनले बताए । आयोजकका अनुसार बस्ने र घुम्ने ठाउँको समेत उचित व्यवस्थापन गरिएको छ । यसैगरी एक्स्पोमा गाडी र बाइकलगायत गरेर ५० वटा ब्राण्डको सहभागिता रहेको छ । तीमध्ये ४० वटा ब्राण्डले नयाँ मोडल सार्वजनिक गरिसकेको आयोजकले जनाएको छ ।

nullप्रतिक अर्याल

नाइमाका कन्सलटेन्ट तथा एक्स्पो कम्युनिकेशन प्रमुख प्रतिक अर्यालका अनुसार एक्स्पोको उद्देश्य केवल व्यवसाय नभइ, जनसाधारणले नवीन प्रविधि र सवारी साधनहरूको प्रत्यक्ष अवलोकन गरी जानकारी लिएको बताए ।
‘एक्स्पो भनेको अवलोकन गर्न र रमाइलो गर्न भनेर पनि बोलाइएको हो,’अर्यालले भने, ‘हामीकहाँ होडबाजीको हिसाबले कति बुकिङ भयो, कति कारोबार भयो भन्ने विवरण ठ्याक्कै भन्न सकिदैन । नाइमाको मूल उद्देश्य नै जनतालाई अवलोकनको मौका दिने हो ।’

 

null

राजकुमार दुलाल

उनले एक्स्पोमा इलेक्ट्रिक, हाईब्रिड र पेट्रोल इन्जिनयुक्त सवारी साधनहरू समावेश गरिएको बताए । पहिलो दिन १५ हजार, दोस्रो दिन १३ हजार ५ सय, तेस्रो दिन १९ हजार र शनिबार २१ हजार ५ सय जनाले एक्स्पो अवलोकन गरेका छन् । हालसम्म करिब ७० हजार जनाको उपस्थिति भइसकेको छ ।

अर्यालले नाइमा एक्स्पोले केवल सवारी साधनको प्रचारप्रसारमा मात्रै नभई नीति निर्माण (पोलिसी) र मोबिलिटी क्षेत्रको समग्र विकासमा सकारात्मक योगदान पु¥याउने विश्वास व्यक्त गरे । ‘यसले अर्थतन्त्रमा समेत प्रत्यक्ष र परोक्ष रूपमा फाइदा पु¥याउँछ,’ उनले थपे, ‘मोबिलिटी सेक्टरको ग्रोथका लागि नाइमा तत्पर छ ।’nullnull

यसैगरी नाइमा मोबिलिटीका कार्यकारी समितिका सदस्य गौरव सारदाका अनुसार एक्स्पो आयोजना गर्नुको मुख्य उद्देश्य सवारी आयातकर्ता र निर्माता कम्पनीहरूको माग सम्बोधन गर्नु रहेको बताए । ‘गाडी आयातकर्ता र म्यानुफ्याक्चरहरूले राम्रै स्तरको मोबिलिटी एक्स्पो चाहिएको माग राखेपछि सदस्यहरूको सुझावअनुसार हामीले यो आयोजना गरेका हौं,’ सारदाले भने, ‘हामीले सोचेभन्दा पनि निकै राम्रो प्रतिक्रिया पाएका छौं ।’

nullnull

उनका अनुसार एक्स्पोमा सबैभन्दा महंगो साढे तीन करोड रुपैयाँ पर्ने टोयोटा गाडी प्रदर्शनीमा छ भने सबैभन्दा सस्तो करिब २० लाख रुपैयाँ पर्ने सवारी साधन पनि अवलोकनका लागि राखिएको छ । नेपालको अर्थतन्त्र हाल केही सुस्त गतिमा छ, तर यस्तो किसिमको एक्स्पोले त्यो गतिलाई चलायमान बनाउन सहयोग गर्ने समेत उनको भनाई थियो ।  यसैबीच, नाइमा कार्यकारी सदस्यहरूले एक्स्पोले नीति निर्माण र मोबिलिटी क्षेत्रको विकाससँगै समग्र अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरेका छन् ।

nullnullnullnull