काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको हकप्रदका लागि आवेदन दिने म्याद थप भएको छ । साउन ६ गते देखि बिक्री खुला भएको हकप्रदका लागि भदौ २ गतेसम्म आवेदन दिन सकिने भएको हो ।
कम्पनीले चुक्ता पूँजीको ३४.७८३ प्रतिशत अर्थात् ६५ करोड ७६ लाख ९६ हजार ७ सय ७६ रुपैयाँ बराबरको ६५ लाख ७६ हजार ९ सय ६७ दशमलव ७६ कित्ता हकप्रद शेयर निष्काशन गरेको छ।
कम्पनीले हकप्रद निष्काशन प्रयोजनको लागि जेठ ३० गते बुक क्लोज गरेको थियो । जेठ २९ गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीको हकप्रदमा आवेदन दिन सक्ने छन् । नेपाल धितोपत्र बोर्डले जेठ ७ गते कम्पनीलाई हकप्रद निष्काशनको अनुमति दिएको हो। शेयर निष्काशनको लागि एनआईएम एस क्यापिटल बिक्री प्रबन्धक रहेको छ।
आर्थिकन्यूज